बागमती प्रदेशमा एमालेका किरण थापा स्वास्थ्य मन्त्री बन्दै

164
Shares

काठमाडौँ, ८ साउन । बहादुरसिं लामा नेतृत्वको बागमती प्रदेश सरकारमा सामेल हुने नेकपा एमाले आफ्नो तर्फबाट सरकारमा पठाउने मन्त्रीहरुको मन्त्रालय टुंग्याएको छ ।

एमालेलाई बागमती प्रदेश सरकारमा ६ मन्त्रालय भागमा परेको छ । जसमा किरण थापाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यस्तै प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकाश मन्त्रालय र प्रेम भक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

बागमतीमा कांग्रेस-एमाले गठबन्धनले आज नै मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् । गठबन्धनका तर्फबाट कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले दाबी पेस गरेका हुन् । उन आजै मुख्यमन्त्री नियुक्त हुनेछन् भने शपथ तथा सरकार विस्तार भोलि हुनेछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *