औषधि आपूर्तिकर्तासंग घुस लिदा लिदै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत कोइराला पक्राउ

चितवन, ७ साउन । भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला घुस लिदै गर्दा पक्राउ परेकी छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले उनलाई आइतबार पक्राउ गरेको हो। अख्तियारको टोलीले उनीसँग १ लाख ५० हजार रुपैयाँ नगद र ४ लाख ५० हजार रुपैयाँको चेकसहित पक्राउ गरेको हो।
अख्तियार टोलीले दिएको जानकारी अनुसार कोइराला भरतपुर महानगरपालिका–४ कटहर चोकको एक होटलबाट पक्राउ परेकी हुन्।
औषधि आपूर्तिकर्तालाई रकम भुक्तानी दिएबापत कोइरालाले घुस मागेको र आइतबार आपूर्तिकर्ताबाट घुस रकम लिँदालिँदै उनलाई पक्राउ गरिएको अख्तियार हेटौंडाका सूचना अधिकारी गोविन्द प्रसाद गौतम जानकारी दिए।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 

