पूर्वप्रधानमन्त्री चन्द अस्पताल भर्ना

96
Shares

काठमाडौँ, २ साउन ।  राप्रपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द वीर अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी बुधबार दिउँसो वीर अस्पताल भर्ना भएका हुन् ।

पिसाबमा सङ्क्रमण देखिएपछि परीक्षणका लागि अस्पताल पुगेका उनलाई डेंगी र टाइफाइड देखिएएको बताइएको छ ।

अहिले अस्पतालको भीभीआइपी कक्षमा चन्दको उपचार भइरहेको स्रोतले जनाएको छ । चन्द विभिन्न समयमा नेपालमा चारपटकसम्म प्रधानमन्त्री भएका व्यक्ति हुन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *