बागमती प्रदेशमा बढ्दै डेंगी संक्रमित

36
Shares

काठमाडौँ, २८ असार । पछिल्लो समय बागमती प्रदेशमा डेंगी संक्रमित बढ्दै गएका छन् । प्रदेशमा ७९ जना डेंगी सङ्क्रमित थपिएका छन् ।

असारको २७ गते बिहीबारसम्म काठमाडौँमा ३५, चितवनमा २४, काभ्रेपलान्चोकमा १५, ललितपुर ३ र मकवानपुर, नुवाकोटमा एक एक जना डेंगी संक्रमित थपिएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा सात जना डेंगी संक्रमित थपिएका छन् । वैशाखपछि बागमती प्रदेशका जिल्लाहरूमा डेंगी संक्रमण बढ्न थालेको तथ्यांक छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार असारमा प्रदेशका काठमाडौँ, ललितपुर, चितवन, मकवानपुर, नुवाकोट र काभ्रेपलान्चोकमा डेंगीका बिरामी फेला परेका हुन् ।

चालू आर्थिक वर्षको साउनदेखि असार २७ गते बिहीबारसम्म प्रदेशका १३ जिल्लामा एघार हजार ८८३ जनामा डेंगी संक्रमण पुष्टि भएको हो ।

चालू आर्थिक वर्षको साउनदेखि हालसम्म सबैभन्दा बढी धादिङमा डेंगी पुष्टि भएको हो । मन्त्रालयको तथ्याङ्क अनुसार धादिङमा तीन हजार ५४५ र सबैभन्दा कम रसुवामा ३ जनामा डेंगी पुष्टि भएको थियो ।

तथ्याङ्कअनुसार चालू आवको हालसम्म काठमाडौँमा तीन हजार १७९‚ चितवनमा एक हजार ७७३‚ ललितपुरमा एक हजार ४५८‚ मकवानपुरमा ८९३‚ भक्तपुरमा ५२२‚ काभ्रेपलान्चोकमा २०२ जनामा डेंगी पुष्टि भएको छ ।

त्यस्तै नुवाकोटमा ९१‚ दोलखामा ७९‚ रामेछापमा ३८‚ सिन्धुपाल्चोकमा ६७ र सिन्धुलीमा ३३ जनामा डेंगी पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार चालू आवको साउनमा दुइ हजार ५१८‚ भदौमा दुई हजार ८०९‚ असोजमा दुई हजार ८१६‚ कार्तिकमा दुई हजार ७०‚ मङ्सिरमा ७६९‚ पुसमा २१५‚ माघमा ६७‚ फागुनमा ७९ र चैतमा २०९, वैशाखमा १३६, जेठमा ११६ जनामा डेंगी संक्रमण पुष्टि भएको तथ्याङ्क छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *