नारायणगढ सडक खण्ड भएर गुडि रहेका दुईवटा बसलाई बगाएको पहिरोले बगायो, ६५ यात्रु वेपत्ता
कास्कीमा पहिरोमा परि एकैघरका ७ सहित ११ को मृत्यु
काठमाडौँ, २८ असार । अविरल बर्षा पछि आएको पहिरोले आज विहानै मुङ्लिन नारायणगढ सडक खण्ड भएर गुडि रहेका दुईवटा बसलाई बगाएको छ । दुई वटा बसमा यात्रारत करीव ६५ जना यात्रु बेपत्ता भएका छन् । अहिले सो क्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले खोजी तथा उद्धार कार्य सुरु गरेका छन् ।
शुक्रवार बिहान ३ बजे भरतपुर २९ सिमलतालमा माथिबाट आएको लेदो सहितको पहिरोले वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको यात्रुवाहक बस र काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स लेखेको बस त्रिशूलीमा खसेको बताइएको छ ।
दुर्घटनामा परेको गाडीबाट उछिएर बाचेका तीन जना र पछि आइरहेको अर्को गाडीको ड्राइभरले जानकारी दिएपछि दुर्घटनाको खबर पाएको प्रहरीले बताएको छ । यद्धपी अहिलेसम्म गाडीका, टुक्रा, सिसा वा पाटपूर्जा कुनै पनि चिज नभेटिएको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उता पोखरा महानगरपालिका वडा नम्बर १९ तल्लाकोट टारी बस्ने कुलबहादुर परियारको टिनले छाएको ढुङ्गामाटोले बनेको एकतले घरमा पहिरो जाँदा एकै परिवारका ७ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कुलबहादुरसहित उनकी श्रीमती मनकुमारी परियार, आमा लक्षिमा परियार र १५ वर्षकी छोरी प्रश्ना परियार छिन् । चितवन घर भएर माइत आएकी विवाहित छोरी वर्ष २० की प्रभा परियार र ज्वाइँ अस्मित परियारको पनि ज्यान गएको छ ।
घटनास्थलमा उद्धार गर्ने क्रममा लडेर सोही परिवारकी ५६ की राधिका परियारको समेत मृत्यु भएको छ ।
यस्तै पोखरा ३२ चैनपुरमा गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं ३२ चैनपुरकी आरती ओझाको ढुङ्गामाटोले बनेको टिनले छाएको एकतले कच्ची घरमा पहिरो खस्दा उनका तीन सन्तानको मृत्यु भएको हो ।
वर्ष १८ की अनिता ओझा, वर्ष ११ की अनुष्का, वर्ष ९ का प्रतीक सुवेदीको मृत्यु भएको हो । यसै घटनामा परी घाइते भएकी आरतीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
सम्पर्क इमेल : [email protected]