जङ्गली च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी
काठमाडौँ, २७ असार । धनकुटाको शहीदभूमि गाउँपालिकामा जङ्गली च्याउ खाँदा एकै परिवारका सात जना बिरामी भएका छन् ।
जङ्गलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा शहीदभूमि गाउँपालिका–७ गैरीटोलका सात जना बिरामी परेका प्रहरीले जनाएको छ ।
हिजो बेलुका च्याउको तरकारी खाएर सुतेका ६३ वर्षीया इन्द्रकमला राईसहित सात जना बिरामी परेका जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
बिरामी सबैको धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]