बाढी प्रभावितलाई महाकाली प्रादेशिक अस्पतालमा निःशुल्क उपचार गरिने

60
Shares

काठमामाडौँ, २५ असार । कञ्चनपुरका बाढी प्रभावितलाई महाकाली प्रादेशिक अस्पतालले निःशुल्क उपचार गर्ने भएको छ ।

बाढीमा परेर घाइते र प्रभावित क्षेत्रका बिरामी हुने नागरिकको अस्पतालले निःशुल्क उपचार गर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिए ।

स्वास्थ्य समस्या देखिए तत्काल अस्पतालमा ल्याई उपचारमा सहयोग गरिदिनसमेत उनले आग्रह गरे । “बाढीमा परेर चोट पटक वा बिरामी भएमा अस्पतालले निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको छ, हालसम्म पाँचजनाको उपचार गरिसकेका छौँ, बिरामी आउनेक्रम जारी छ”, अध्यक्ष भट्टले भने ।

बाढी र डुबानका कारण कञ्चनपुरमा एक हजार एक सय १२ परिवारका चार हजार तीन सय ६५ जना प्रभावित बनेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आज मौसममा सुधार आएपछि बाढी प्रभावित घर फर्किन थालेका छन् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर लिम्बूले विद्यालयमा आश्रय लिएर बसेका बाढी प्रभावित घर फर्किन थालेको बताए ।

“बस्तीमा पानी घट्न थालेपछि बाढी प्रभावित घर फर्किन थालेका छन्”, उनले भने,“प्रभावितका लागि खान बस्नको व्यवस्था नगरपालिकाले गरिरहेको छ ।” बाढी प्रभावित क्षेत्रमा हाल सङ्क्रात्मक रोगको जोखिम बढेको छ ।

चिकित्सकहरूले यस्ता क्षेत्रमा शुद्घ पानी, खाना र सुरक्षित आवासको अभावमा विभिन्न रोगको प्रकोप देखिन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *