नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा आयुर्वेद चिकित्सक साहविरुद्ध मुद्दा दायर

240
Shares

काठमाडौँ, २४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, जलेश्वरकी  होमियोप्याथी चिकित्सक संगिता कुमारी साहबिरुद्ध मुद्दा दायर गरेको छ ।

आइतबार अख्तियारले आठौंं तहमा करारमा कार्यरत साहले झुट्टा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको आरोपमा विशेष अदालतमा मुद्धा दायर गरेको हो।

होमियोप्याथी चिकित्सक सेवा करार पदको विज्ञापनमा उत्तीर्ण साहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि छानविन गरेको थियो।

छानबिनका क्रममा साहले बिहार संस्कृत शिक्षा बोर्डद्वारा संचालित मध्यमा परीक्षा प्रथम श्रेणीमा उत्तिर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, जलेश्वर, महोत्तरीमा होमियोप्याथी चिकित्सक (अधिकृत आठौं) पदमा नियुक्ति लिई ओहोदा, लाभ र सुविधा प्राप्त गरेको पाइएको अख्तियारले जनाएको छ।

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी गरिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *