जमेको पानीमा डुबेर ७ महिने शिशुको मृत्यु

56
Shares

धनगढी, २४ असार । कञ्चनपुरमा ७ महिने शिशुको घरभित्र जमेको पानीमा डुबेर मृत्यु भएको छ ।

कृष्णपुर नगरपालिका–१ को पहरियामा आइतबार ओछ्यानबाट भुइँमा खस्दा जमेको पानीमा डुबेर ७ महिनाका सोनु धानुकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० चक्रराज जोशीले सुतिरहेका बेला ७ महिने शिशु सोनु धानुक ओछ्यानबाट भुइँमा खसेकी थिइन् । भुइँमा जमेको पानीमा डुबेर धानुकको घरमै मृत्यु भएको बताएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको रहेको प्रहरीले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *