जमेको पानीमा डुबेर ७ महिने शिशुको मृत्यु

धनगढी, २४ असार । कञ्चनपुरमा ७ महिने शिशुको घरभित्र जमेको पानीमा डुबेर मृत्यु भएको छ ।
कृष्णपुर नगरपालिका–१ को पहरियामा आइतबार ओछ्यानबाट भुइँमा खस्दा जमेको पानीमा डुबेर ७ महिनाका सोनु धानुकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० चक्रराज जोशीले सुतिरहेका बेला ७ महिने शिशु सोनु धानुक ओछ्यानबाट भुइँमा खसेकी थिइन् । भुइँमा जमेको पानीमा डुबेर धानुकको घरमै मृत्यु भएको बताएका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको रहेको प्रहरीले जनाएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




