अविरल वर्षाले प्रादेशिक अस्पताल जनकपुरको स्टोर शाखा जलमग्न

काठमाडौँ, १८ असार । सोमबार बेलुकादेखि मंगलबार बिहानसम्म परेको अविरल वर्षाले प्रादेशिक अस्पताल जनकपुरको स्टोर शाखा डुबानमा परेको छ।
अस्पतालको स्टोर शाखा डुबानमा परेपछि औषधिहरू अस्पताल कम्पाउण्डमा बगिरहेका छन् । अस्पतालका अन्य शाखाहरु नयाँ संरचनामा सारे पनि स्टोर शाखा पुरानै भवनमा रहेकोले डुबानमा परेको अस्पतालका एक कर्मचारीले बताएका छन् ।
अहिले जनकपुरधामका अधिकांश स्थान जलमग्न छ। डुवान हुँदा जनजीवन प्रभावित भएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

