चिकित्सक संघ कोशी प्रदेशको अध्यक्षमा डा. राजेन्द्र चौधरी

140
Shares

 

काठमाडौँ, १७ असार । नेपाल चिकित्सक संघ, कोशी प्रदेशको अध्यक्षमा डा. राजेन्द्र चौधरी निर्वाचित भएका छन् ।

सोमबार विराटनगरमा भएको संघको अधिवेशनबाट डा. चौधरी सर्वसम्मत अध्यक्ष चुनिएका हुन् । संघले उनको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा डा.नवीनकुमार कर्ण, उपाध्यक्षमा डा. शिलावन्त सेन श्रीवास्तव, महासचिवमा डा.बालकृष्ण साह, सहसचिवमा डा. रामकुमार यादव, कोषाध्यक्षमा डा.सुनिल रेग्मी र सहकोषाध्यक्षमा डा।. तेजेन्द्र कार्की निर्वाचित भएका छन् ।

सदस्यहरुमा डा. कोपिला अग्रवाल, डा. प्रेक्षा दली, डा. अमरकुमार यादव, डा. रितेशकुमार सिंह, डा.जीवनाथ धमला र डा. राजाबाबु मण्डल चयन भएका छन् । सबै पदका कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन्।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *