चौथो, पाँचौ र छैटौँ तहका स्वास्थ्यकर्मीसंग स्तरबृद्धिका लागि आवेदन माग

552
Shares

काठमाडौँ, ३ असार ।  स्वास्थ्य सेवा विभागले स्वास्थ्य सेवाका चौथो पाँचौ र छैटौँ तहका कर्मचारीहरुको स्तरबृद्धिको प्रक्रिया अघि बढाएको छ ।

विभागले आइतबार सूचना प्रकाशित गर्दै असार मसान्तसम्म स्तरबृद्धि गर्न अवधी पुगी अन्य कानूनी आधार पुरा गरेका स्वास्थ्यकर्मीहरुलाई आवश्यक कागजातसहित निवेदन पेश गर्न भनेको हो ।

स्तरबृद्धिका लागि आफ्नै कानून नभएका प्रदेश र स्थानीय तहसंगै संघमा रहेका स्वास्थ्यकर्मीहरुले निवेदन दिन सक्नेछन् । प्रदेश तथा स्थानीय कर्मचारी सम्वन्धी ऐन तथा नियमावली जारी भएका बाहेक नेपाल स्वास्थ्य सेवामा कार्यरत कर्मचारीहरुले असार मसान्त भित्र निवेदन भनेको छ ।

विभागका उपसचिव भवनाथ खतिवडाले स्तरबृत्तिका लागि योग्यता पुगेका स्वास्थ्यकर्मीले असार मसान्तसम्म आवेदन दिन सक्ने बताए ।
विभागले पुस र असार गरी बर्षमा दुई पटक स्तरबृद्धिका लागि आवेदन दिने व्यवस्था मिलाएको छ ।

तर गत पुसमा आवेदन दिएकाहरुको स्तरबृद्धि अहिलेसम्म सार्वजनिक भएको छैन । खतिवडाले पुसमा निवेदन दिएकाहरुको स्तरबृद्धिको नतिजा केही दिन भित्रै सार्वजनिक गर्ने तयारी भएको बताए ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *