सुर्तीजन्य पदार्थमा करको दर किन बृद्धि गर्न सकिएन ? – सांसद ठाकुर गैरे

68
Shares

काठमाडौँ, ३१ जेठ । सांसद ठाकुर गैरेले सुर्तीजन्य पदार्थमा करको दरमा किन बृद्धि गर्न सकिएन भन्दै सरकार तर्फ प्रश्न गरेका छन् ।

विनियोजन विधेयक २०८१ माथि आज भएको मन्त्रालयगत छलफलमा उनले कानुनले निषेध गरेको विद्युतीय चुरोटको चालु आर्थिक बर्षमा ३२ अर्व बढीको अवैध कारोवार भएको र अहिलेको बजेटले निषेध गरिएको त्यहि विद्युतीय चुरोटमा करको दर तोकी नेपाल भित्र्याउन बैद्यता दिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

सांसद गैरेले सुर्तीजन्य पदार्थमा करको दर बढाएर त्यो पैसा जनताको स्वास्थ्यमा लगानी गर्न सकिन्थ्यो भन्दै कर बढाउन किन आनाकानी गरेको भन्दै थप प्रश्न अघि सारे ।

हुन पनि नेपाल सुर्तीजन्य पदार्थमा दक्षिण एशियामै सबैभन्दा कम कर लगाउने मुलुक हो । अहिले करको दर ३३ प्रतिशतको हाराहारिमा छ । विश्व स्वास्थ्य संगठनले करको दर ७५ प्रतिशत पुरयाउन सुझाव दिई रहेको छ ।

सांसद गैरेले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसकिएको, गाउँका स्वास्थ्य चौकी देखि जिल्ला अस्पताल तथा संघीय अस्पतालसम्म जनशक्ति उपकरणको अभाव यथावत रहेको, कडा रोगको उपचारमा सहुलियत, बालबालिका तथा जेष्ठ नागरिकको उपचारमा राहत, विषादीयुक्त खानेकुरा नियन्त्रण र बातावरणीय असन्तुलनका कारण हुने स्वास्थ्य समस्याबाट जोगाउन राज्यले लिने नीति स्पष्ट नभएको भन्दै सुधारका लागि सुझाव दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *