फार्मासिस्ट लाइसेन्स परीक्षामा ८८ प्रतिशत फेल !

काठमाडौँ, २६ जेठ । औषधि क्षेत्रको विज्ञ जनशक्ति फार्मासिस्टहरुको नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा यसपटक ‘विजोक’ आएको छ ।

नेपाल फार्मेसी परिषद्ले लिएको शनिबार (आज) लिएको फार्मासिस्ट (वी फार्मेसी)को परीक्षामा ११.७५ प्रतिशत मात्रै पास भएका छन् ।

वी फार्मेसी उत्तीर्ण गरेर लाइसेन्स परीक्षामा सहभागी भएका विद्यार्थीहरु यति ठूलो संख्यामा फेल हुँदा कलेजमा हुने पढाईको गुणस्तरमा समेत  प्रश्न उठेको छ ।

परिषद्का सदस्य नीरज बर्तौलाका अनुसार यसपटक परीक्षाका लागि ९१५ जनाले आवेदन भरे पनि आज सञ्चालित परीक्षामा ८८५ जना मात्रै सहभागी भएका थिए । ती मध्ये १०४ जना (११.७५ प्रतिशत) मात्रै पास भएका हुन् ।

सदस्य बर्तौलाले यसपटकका परीक्षार्थीहरु देशबाहिरका कलेजहरुमा पढेर आएका र अघिल्ला लाइसेन्स परीक्षामा समेत सहभागी भएका तर फेल भएकाहरुको संख्या बढी भएको बताए ।

‘अहिलेका अधिकांश परीक्षार्थीहरु यसअघिका जाँचमा पनि अनुत्तीर्ण भएकाहरु हुन् । फ्रेस परीक्षार्थी होइनन् । त्यसैले पनि नतिजा नराम्रो आएको हो । अर्को कुरा धेरै भारत लगायतका अन्य देशबाट अध्ययन् सकेर आएकाहरु हुन् । यसले त्यहाँका कलेजले दिन शिक्षाको गुणस्तरमा समेत संका उत्पन्न गरेको छ,’ बर्तौलाले भने ।

आज परीक्षा दिएका विद्यार्थीहरु कहाँका कति थिए ?
परिषदका अनुसार यसपटकको लाइसेन्स परीक्षामा आवेदन दिनेमध्ये ५८.४३ प्रतिशत भारतीय विश्वविद्यालय अन्तर्गतका कलेजहरुमा अध्ययन सकेर आएका विद्यार्थी छन् ।

यस्तै पाकिस्तान विश्वविद्यालयका ०.३३ प्रतिशत, बंगलादेशका विश्वविद्यालयबाट ०.३३ प्रतिशत, काठमाडौँ विश्वविद्यालयको १.५२ प्रतिशत, पोखरा विश्वविद्यालयका १०.९९ प्रतिशत, पूर्वाञ्चल विश्वविद्यालयको २४.१७ प्रतिशत र त्रिभुवन विश्वविद्यालयको ४.२४ प्रतिशत रहेका छन् ।

यसमा करीव ६० प्रतिशत विद्यार्थी पुरक आवेदक अर्थात यसअघि परीक्षा दिएर उत्तीर्ण हुन नसकेकाहरु रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *