बीएण्डसी मेडिकल कलेजलाई १५ दिन भित्र सम्वन्धन दिन सर्बोच्चको परमादेश

काठमाडौँ, २४ जेठ । सर्बोच्च अदालतले झापास्थित बीएण्डसी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन परमादेश जारी गरेको छ ।

नविकरण नभएको लगायतका कारण देखाउदै चिकित्सा शिक्षा आयोग तथा काठमाडौँ विश्वविद्यालयले सम्वन्धन दिन आलटाल गरेपछि परेको रिटमा सर्बोच्चले १५ दिनको अवधी तोकी परमादेश जारी गरेको हो ।

न्यायाधीशहरु डा कुमार चुडाल र सारंगा सुवेदीको इजलासले गत १२ चैतमा गरेको फैसलाको पूर्णपाठमा काठमाडौं विश्वविद्यालय काभ्रे र चिकित्सा शिक्षा आयोग, भक्तपुरका नाममा १५ दिन भित्र सम्वन्धन दिन परमादेशको जारी गरेको छ ।

सर्वोच्च अदालतले फैसलामा भनेको छ, ‘यस वर्षको शैक्षिक सत्र सुरू हुनुअघि एमबीबीएस विद्यार्थी भर्ना गर्न पाउने गरी सम्बन्धन दिनू, दिलाउनू।’ यो फैसलासँगै १५ दिनभित्र चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयले यसवारेमा निर्णय गर्नुपर्नेछ।

डा गोविन्द केसीले विगतमा गरेका अनसन र त्यसमा सरकारले गरेका सम्झौँताका कारण कतिपय नयाँ मेडिकल कलेजका सम्वन्धन रोकिएको थियो । यसै मध्येको एक हो बीएण्डसी मेडिकल कलेज । कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले लामो समय देखि सम्वन्धन रोकिएपछि सर्बोच्चमा रिट दायर गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *