शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणले पायो तिब्रता

२५ औँ प्रत्यारोपित डिस्चार्ज, यसवर्ष मात्रै १५ वटा कलेजो प्रत्यारोपण

काठमाडौँ, २४ जेठ । सबैभन्दा धेरै मिर्गौला प्रत्यारोपण गर्ने अस्पतालको रुपमा बढी परिचित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणले पनि तिब्रता पाएको छ ।

बुधबार केन्द्रमा कलेजो प्रत्यारोपण गराएका २५ औँ प्रत्यारोपित डिस्तार्ज भएका छन् ।

केन्द्रमा २५ औं कलेजो प्रत्यारोपण गरेका निजगढ, बाराका ५४ वर्षीय बद्री प्रसाद चौलागाई प्रत्यारोपण भएको १० औं दिनमा बुधबार डिस्चार्ज भएका हुन् । उनलाई ५१ बर्षीया श्रीमती यानु कुमारी गौतमले कलेजो दान दिएकी थिइन ।

बरिष्ठ कलेजो तथा मृर्गौला प्रत्यारोपण शल्य चिकित्सक डा पुकार चन्द्र श्रेष्ठले आफ्नो नेतृत्वमा केन्द्रमा यस वर्ष मात्रै १५ जनाको कलेजो प्रत्यारोपण भई सकेको बताए ।

उनले केन्द्रमा संसारकै सबैभन्दा न्यूनतम शुल्कमा कलेजो प्रत्यारोपण हुने गरेको दावी गरे ।

सो केन्द्र स्थापना भएको १२ बर्ष पुगेको छ । यस अवधीसम्म देशको सबैभन्दा धेरै १ हजार २४८ जना मिर्गौला र २५ जनाको कलेजो प्रत्यारोपण भई सकेको छ ।

निर्देशक डा श्रेष्ठले केन्द्रको उपयुक्त जमिन तथा आफ्नै भवनको अभाव भएपनि प्रत्यारोपण क्षेत्रमा विश्वस्तरीय सेवा उपलब्ध गराउँदै आएको र वार्षिक करीब २ अर्व रुपैयाँ देशमै सञ्चित गरेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *