स्वास्थ्य मन्त्रालयका सचिव बुर्लाकोटीको सरुवा

720
Shares
– मधुसुदन बुर्लाकोटी

काठमाडौँ, १७ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीको सरुवा भएको छ ।

बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले तीन सचिवको सरुवा गर्ने निर्णय गर्दा त्यसमा स्वास्थ्यको प्रशासन तर्फका सचिव बुर्लाकोटी पनि परेका हुन् ।

स्रोतका अनुसार सचिव बुर्लाकोटीलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ । स्वास्थ्यमा भने महालेखा नियन्त्रकको कार्यालयका सचिव हरिप्रसाद मैनालीलाई ल्याइएको छ । वित्त आयोगका सचिव विनोदप्रकाश सिंहलाई महालेखा नियन्त्रकको कार्यालयमा लगिएको छ ।

सचिव बुर्लाकोटीलाई गत १५ चैतको मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपतिको कार्यालयबाट स्वास्थ्यमा सरुवा गर्ने निर्णय गरेको थियो । उनी स्वास्थ्यमा आएको तीन महिनामै सरुवामा परेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *