नेपालमा कोभिड-१९ को नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि

काठमाडौँ, ११ जेठ । नेपालमा कोभिड- १९ को दुई नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार कोभिड- १९ को ओमिक्रोन भेरिएन्टको नयाँ सब–भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ नेपालमा पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार गएको दुई महिनायता देशभर कोरोना संक्रमण देखिएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा १२ जनालाई ओमिक्रोन भेरियन्टको सबभेरियन्ट ‘केपी.१’ र १७ जनामा ‘केपी.२’ पुष्टि भएको हो।
पछिल्लो समय देखिएको केपी भेरियन्ट भने अफ्रिकी मुलुक, सिंगापुर र अमेरिका लगायत देशहरूमा देखिएको प्रयोगशालाले जनाएको छ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




