कोशी प्रदेशको स्वास्थ्य मन्त्रीमा राजेन्द्र कार्की नियुक्त

108
Shares

काठमाडौँ, ४ जेठ । कोशी प्रदेशको स्वास्थ्य मन्त्रीमा राजेन्द्र कार्की नियुक्त भएका छन् । मुख्यमन्त्री हिक्मत कार्कीले आज माओवादीको तर्फबाट कार्कीलाई स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले एमालेका ३ जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री तथा माओवादीका २ जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री नियुक्त गरेका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी रामबहादुर मगर, सामाजिक विकास मन्त्रीमा पाँचकर्ण राई, ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रीमा एकराज कार्की, भौतिक पूर्वाधार विकास मन्त्रीमा गणेश उप्रेती नियुक्त भएका छन् ।

त्यसैगरी पर्यटन, वन तथा वातावरण मन्त्रीमा नारायणबहादुर मगर र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा लिलावल्लभ अधिकारी नियुक्त भएका छन् ।

बन्दना झागरले पर्यटन, वन तथा वातावरण राज्यमन्त्री र सिर्जना राईले मुख्यमन्त्री कार्यालयमा राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन् ।

मुख्यमन्त्री कार्कीले कृषि, उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी आफूसँगै राखेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *