डा. गोविन्द केसीले तोडे अनसन

800
Shares

काठमाडौँ, ३ जेठ । डा गोविन्द केसीले छ दिन अघि सुरु गरेको आफ्नो २२ औँ अनसन स्थगित गरेका छन् । स्वास्थ्य बिग्रिएर हिजो बेलुका त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका डा केसीले आज विज्ञप्ती जारी गर्दै अनसन स्थगित भएको जनाएका हुन् ।

यसअघि त्रिवि शिक्षण अस्पतालका चिकित्सकले डा केसीको स्वास्थ्य आइसीयूमा राखेर उपचार गर्नु पर्ने अवस्थामा पुगेको भन्दै अनसनलाई निरन्तरता दिन उचित नहुने सल्लाह दिएका थिए ।

डा केसीले हत्या हिंसाको माध्यमबाट सत्तामा आएका दल र त्यस्तो पृष्टभुमीमा रमेकाहरुले शान्तिपूर्ण अहिंसात्मक सत्याग्रहको माग सुनुवाई गर्छन र शासकहरु संवेदनशील बन्छन् भन्ने कुरा सोच्नु मुर्खता हो भन्दै अनैतिक शासकहरुको अगाडी नागरिकको नैतिक याचना फगत याचनाको रुपमा रहेको भन्दै अनसन स्थगन गरेको जनाएका हुन् ।

डा केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजिनामा सहित ४ बुँदे माग अघि सार्दै छ दिन अघि पशुपति मृगस्थलिमा अनसन सुरु गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *