रास्वपाका सांसद मनिष झाद्धारा सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धि कानूनको अपब्याख्या

सूर्य नेपालको पक्ष लिएर गरे यस्तो कुतर्क

काठमाडौँ, ३० चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभाका सदस्य मनिष झा संसदका बैठकहरुमा बुझेर बोल्ने अलि वौद्धिक तथा तार्किक देखिन्थे ।

तर, शुक्रबार ह्याम्स हस्पिटलले गरेको एक कार्यक्रममा भने उनी निकै फितलो रुपमा प्रस्तुत भए । फितलो मात्रै भएनन् एउटा प्रश्नमा त उनले सुर्ती उद्योगीको पक्ष लिए जसरी कानूनकै अपव्याख्या र कुतर्क समेत गर्न भ्याए ।

हस्पिटलले आयोजना गरेको ‘स्वास्थ्य सबैको सरोकार’ सम्वाद श्रृङ्खलामा ‘भेप/इ-सिगरेट: बढ्दो गम्भीर स्वास्थ्य चुनौती” विषयक छलफल कार्यक्रममा वक्ता बनेका सांसद झाले यसपटकको पोखरा साहित्यिक महोत्सवमा सूर्य नेपालको प्रायोजनबारे गरिएको प्रश्नको जवाफमा अपव्याख्या गरेका हुन् ।

पत्रकारहरुको सूर्ती उद्योगको प्रायोजनमा यसरी कार्यक्रम नै गर्न पाइदैनथ्यो तर त्यहि कार्यक्रममा तपाईंहरु पनि सहभागी हुनु भयो नि भन्ने प्रश्नको जवाफमा उनले सूर्य नेपालको लोगो भन्दैमा चुरोट भनेर बुझ्न नहुने तर्क गरे ।

उनले सो उद्योगले त्यहि लोगोमा सलाई, अगरवत्ती कपडा र अब चाउचाउ समेत उत्पादन गर्न खोजेको जानकारी दिदै लोगो राख्दैमा आपत्ति मान्न नपर्ने बताए ।

अध्ययनशील मानिने सांसद झाले सुर्तीजन्य पदार्थको उत्पादकले लोगो प्रयोग गर्न नै नपाउने सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ को दफा १०, सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को दफा ६ मा उल्लेखित व्यवस्थालाई पनि टारि दिए ।

उनको भनाई यस्तो थियो
‘पोखराको कार्यक्रममा हाम्रो पार्टीका तीन जनालाई निमन्त्रणा आएको थियो, माननीय सन्तोष परियार, सुमना श्रेष्ठ र स्वर्णीम वाग्लेलाई । तर त्यहाँ जान हुन्छ कि हुन्न भनेर डा तोसिमा कार्कीले हाम्रो ग्रुपमा विषय राख्नु भएको थियो । तर मेरो फरक बुझाई छ, कि त्यो सूर्य नेपाल प्रालिले स्पोन्सर गरेको थियो । सूर्य नेपालले त अगवत्ती पनि बनाउँछ, कपडा पनि बनाउँछ, चाउचाउ पनि ल्याउँदैछ । अर्को पक्ष चाहि जनकपुर महोत्सवको आयोजक र परिकल्पनाकारको नाताले म बुझ्छु कि चुनौती हुन्छन् स्पोन्सर समेटनका लागि । त्यसैले सूर्य नेपालको बट्टा नै त्यहाँ राखिएको भए त्यसको विरोधमा म पनि पुग्थें तर सूर्यले अगरवत्ती र सलाई बेचेको पैसाले स्पोन्सर गरेको भन्ने ठाउँ पनि छ त्यहाँ, त्यसले हामीले कहिलेकाँही स्पेश पनि दिनु पर्छ ।’

सुर्ती उद्योगीहरु अनेकन छिद्र खोजेर प्रभावशाली व्यक्तित्वहरुलाई प्रभावमा पार्न खस्सिएका हुन्छन् । त्यसमा सांसद झाले गरेको आजको तर्क ठ्याक्कै उद्योगीले गर्ने कुतर्कसंग मिल्दोजुल्दो देखिएको थियो ।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ को दफा १० को व्यवस्था यस्तो छ

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को दफा ६ मा यस्तो छ व्यवस्था

 

सांसद झाले भेप तथा इसिगरेटलाई कानून छ भने त्यसको कार्यान्वयन गर्न र छैन भने बनाएर नियन्त्रणको दायरामा ल्याउनु पर्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *