मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. मिश्रको काज फिर्ता

5.4k
Shares

काठमाडौँ, २६ माघ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवणकुमार मिश्रको काज फिर्ता गरेको छ ।

स्वास्थय मन्त्री मोहनबहादुर बस्नेतले गत २१ माघमा मन्त्रीस्तरीय निर्णय गर्दै मिश्रको काज फिर्ता गरिदिएका हुन् । एघारौँ तहको मिश्रको काज फिर्ता पछि उनी आफ्नो दरबन्दी रहेको कोशी अस्पताल फर्किएका छन् ।

मन्त्री बस्नेतले सोही दिन राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनील शर्मालाई हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्रको प्रमुख बनाएर पठाएका छन् ।

त्यहाँ प्रमुख रहेका केशवराज पण्डितलाई शर्माको ठाउँ अर्थात राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको निर्देशकको रुपमा सरुवा गरेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *