७० दिन पछि पुन: काममा फर्किए स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. बसौला

2.3k
Shares

काठमाडौँ, ८ पुस ।  स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला आजबाट पुन: काममा फर्किएका छन् । स्वास्थ्य मन्त्री मोहन बस्नेतले ७० दिन अघि २६ असोजमा विभिन्न आरोप लगाउँदै उनलाई तीन महिना निलम्बनको पत्र थमाएका थिए ।

तर, मन्त्रीको निर्णय विरुद्ध उनी सर्बोच्च गएका थिए । गत शुक्रबार सर्बोच्चले निलम्बन सम्वन्धी निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेपछि डा. बसौला आजबाट काममा फर्किएका हुन् ।

‘अन्यायपूर्ण ढंगले निलम्बन गरिएको थियो । त्यसका बिरुद्ध म अदालत गएँ । अदालतले न्याय दिएको छ । आजबाट म पूर्ववत रुपमा काममा फर्केको छु,’ बसौलाले भने ।

उनले निलम्बन हुँदा स्थगित भएको १२ बुँदे नीति तथा कार्यक्रमलाई निरन्तरता दिने बताए ।

‘हामीले ०८०/८१ को बजेट कार्यान्वयन गर्ने गरी नीति बनाएका थियौँ । त्यो बीचमा टिस्टर्व भएको थियो । अब ती कामहरुले निरन्तरता पाउने छ । आजैबाट काम अघि बढाउँदै छु,’ उनले भने ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *