उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ शहीद गंगालाल हृदय केन्द्रमा भर्ना, एन्जियोप्लास्टी गरियो

120
Shares

काठमाडौँ, २० मंसिर । मुटुमा समस्या देखिएपछि उपप्रधान एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठको मंगलबार बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्र एन्जियोप्लास्टी सर्जरी गरिएको छ ।

गत कात्तिकमा बीआरआई शिखर मञ्चमा भाग लिन चीन पुगेका बेला उनलाई ‘माइल्ड हार्ट एट्याक’ भएको थियो । त्यसबेला बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज टिचिङ हस्पिटलमा उपचार भएको थियो ।

त्यसबेला मुटुमा एक्युट मायोकार्डियल इन्फेक्स भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ओब्टस मार्जिनल शाखामा अवरोध भएको देखिएको थियो । ‘त्यति नै बेला गरिएको परीक्षणमा मुटुको अर्कोपट्टी धमनीमा समेत अवरोध देखिएको थियो । त्यसको उपचार गंगालालमा गरिएको हो,’ गृह मन्त्रालयले विज्ञप्ती जारी गर्दै भनेको छ ।

चीनमा उनले मुटुमा स्टन्ट राखेर फर्केका थिए ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मंगलबार नियमित परीक्षणका क्रममा गंगालाल जाँदा मन्त्री श्रेष्ठको मुटुमा आंशिक अवरोध रहेको भागमा समेत डा अरुण मास्के सहितको चिकित्सक टोलीले एन्जियोप्लास्टी सर्जरी गरी अवरोध हटाएको उल्लेख छ ।

अहिले उनी अस्पतालको सघन उपचार कक्ष आइसीयूमा रहेको र स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *