त्रिवि शिक्षण अस्पतालमा डा. गोविन्द केसीको पित्तथैलीको शल्यक्रिया

काठमाडौँ, १९ मंसिर । डा गोविन्द केसीको पित्तथैलीको शल्यक्रिया भएको छ ।

मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनको ल्यावकोली विधिबाट पित्तथैलीको शल्यक्रिया गरिएको निर्देशक प्राडा दिनेश काफ्लेले जानकारी दिए।

यसअघि पेट दुख्ने समस्या भएपछि डा केसी शिक्षण अस्पताल भर्ना भएका थिए। शल्यक्रिया पछि उनको स्वास्थ्य अवस्था सामान्य हुँदैछ ।

निर्देशक डा काफ्लेले डा केसी एक दुई दिनमै डिस्चार्ज हुनसक्ने जानकारी दिए ।

यसअघि डा केसीले विगतमा आफूसंग भएका सम्झौँताको कार्यान्वयनको माग राख्दै आगामी २८ मंसिरसम्म पुरा गर्न सरकारलाई समयावधी दिएका थिए । उनले दिइएको अवधी भित्र माग पुरा नभए २९ मंसिर देखि अनसन सहितको कडा विरोधका कार्यक्रम सुरु गर्ने चेतावनी दिएका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *