वीर अस्पतालका निर्देशकबाट डा. सन्तोष पौडेललाई हटाइयो, मन्त्रालयमा हाजिर हुन भनियो

काठमाडौँ, १५ मंसिर । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालका कार्यकारी निर्देशक सन्तोष पौडेललाई पदबाट हटाएका छन् । बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले निर्देशकको पदीय जिम्मेवारीमा नरहने गरी पौडेललाई मन्त्रालयमा हाजिर हुन भन्दै पत्र पठाएका छन् ।

दुई वर्षे कार्यकालका लागि नियुक्त भएका पौडेलको पदावधी अझै झण्डै १५ महिना बाँकी छ ।

निर्देशक पौडेलले आफूलाई कुनै आधार विना नै पदिय जिम्मेवारीमा नरहने गरी मन्त्रालयमा हाजिर हुन आउनु भन्दै पत्र आएको बताए ।

‘कारण केही पनि छैन्, तपाईँलाई पदीय जिम्मेवारीमा नरहने गरी मन्त्रालयमा हाजिर हुन आउनु भनेर पत्र आएको रहेछ । अब पदीय जिम्मेवारी खोस्नका लागि त आधारहरु हुन्थ्यो होला, स्पष्टीकरणका कुराहरु हुन्थ्यो होला । त्यो केही पनि पत्रमा उल्लेख छैन् । मैले पनि मन्त्रालयका जिम्मेवार अधिकारीसंग बुझ्ने प्रयास गरेको छु,’उनले भने ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले अर्को निर्णय नहुँदासम्मका लागि मन्त्रालयमा हाजिर हुन भनिएको बताए । ‘चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारीहरुको सरसल्लाहमा मन्त्री ज्यूले निर्णय लिएको होला,’ उनले भने ।

डा पौडेलले निर्देशक भएको छोटो समयमा वीर अस्पताल सुधारका लागि प्रयास गरेका थिए ।

वीर अस्पतालमा गरिएका सामान्य पाँच काम, कम हुँदैछ परिसरमा भीडभाड र जाम

तर, मन्त्री बस्नेत आइसकेपछि उनको अभियानलाई बाधा पर्ने गरी अवरोधको प्रयास हुँदै आएको थियो । फरक  बिचार राख्ने क्रमचारीलाई पदबाट हटाउने मन्त्री बस्नेतको काममा पछिल्लो पटक डा. पौडेल परेका हुन् ।

जब बिरामीले वीरका निर्देशक डा. पौडेललाई ‘महाकाल फार्मेसी कहाँ छ ?’ भन्दै सोधे….

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *