पछिल्लो २४ घण्टामा भेटिएनन् कोरोना संक्रमित

36
Shares

काठमाडौँ, २६ जेठ । पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमितको संख्या शून्य रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप १ हजार ३८ जनाको नमुना परीक्षण गर्दा कोरोना संक्रमितको संख्या शून्य रहेको हो।

आज थप ३ जना भने संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । त्यस्तै, देशभर ११ जना सक्रिय संक्रमित रहेका छन् । आज ७ हजार ४७४ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *