सुष्मिता शर्मा औषधि व्यवस्थापकमा बढुवा
काठमाडौँ, २२ जेठ । स्वास्थ्य मन्त्रालयको बढुवा समितिले फार्मेसी समूहका एक जना कर्मचारीलाई औषधि व्यवस्थापक पद (नवौँ) तहमा बढुवा गरेको छ ।
मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले सुष्मिता शर्मालाई औषधि व्यवस्थापक तहमा बढुवा गर्ने निर्णय गरको हो ।
यसअघि लोक सेवा आयोगले गत २६ असोजमा रिक्त रहेको औषधि व्यवस्थापक पदमा बढुवा गर्नका लागि दरखास्त आव्हान गरेको थियो ।