नेपाल प्रहरीका चार जना चिकित्सक एसपीमा बढुवा

392
Shares

काठमाडौँ, २२ जेठ । नेपाल प्रहरीका चार जना चिकित्सक प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा भएका छन् । नेपाल प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयले चार जना चिकित्सकलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको जनाएको छ ।

बढुवा समितिले प्रहरीको प्राविधिक समूह स्वास्थ्य उपसमूह अन्तर्गतको चिकित्सकतर्फको प्रहरी उपरीक्षक पद (एसपी)मा चार जनालाई बढुवा गर्न सिफारिस गरेको छ।

त्यसरी बढुवा हुनेमा डा अर्जुनप्रसाद डुम्रे, डा रोजिना मानन्धर, डा ज्योति बाँस्तोला पौडेल र डा सागरकुमार दुवाल श्रेष्ठ रहेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *