तराईमा अझै एक साता तातो हावा ‘लू’ चल्ने

204
Shares

काठमाडौँ, २१ जेठ । सोमबारयता देशभर  बढेको उच्च तापक्रमका कारण तराईमा तातो हावा ‘लू’ चल्न थालेको छ। यसले गर्दा शिक्षण संस्था धमाधम बन्द हुन थालेका छन् भने जनजीवन निकै प्रभावित हुन पुगेको छ।

जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भागमा तापक्रम बढ्ने क्रम साताभर जारी रहने सम्भावना छ। पूर्व र पश्चिम तराईको तुलनामा मध्य तराईमा ‘लू’ अझै साताभर रहने अनुमान गरिएको छ।

मध्य तराई छोएको सप्तरीदेखि भैरहवासम्मको भूभागमा लूको प्रभाव अत्यधिक छ। मध्य क्षेत्रका १६ भन्दा बढी जिल्लामा लू चलेको छ।

‘लू’ लाग्दा शरीर शिथिल हुँदै जाने, थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुने आदि लक्षण देखापर्छ।

‘लू’ बाट जोगिन निम्न उपायहरु अपनाउँ

  • दिउँसो घामबाट बाहिर ननिस्कने
  • बाहिर निस्कनै परे टाउकोमा पातलो कपडाले छोप्ने वा छाता ओड्ने
  • फलफुको रस र पानी पिउने र धेरै पसिना आएमा कहिलेकाँहि जीवनजल पिउने
  • चिसो पानीले नुहाउने
  • मदिरा सेवन नगर्ने
  • खेतबारीमा कामकाज बिहान बेलुका गर्ने
  • क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफि, सोडा जस्ता पेयपदार्थ नपिउने
  • चिनीको मात्रा बढी भएको झोलपदार्थ बढी नपिउने
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *