राष्ट्रिय ट्रमा सेन्टरको निर्देशक बने डा. बद्री रिजाल, डा. मरासिनी विभागमा

1.8k
Shares

काठमाडौँ, १७ जेठ । स्वास्थ्य मन्त्रालयले राष्ट्रिय ट्रमा सेन्टरको निर्देशक परिवर्तन गरेको छ । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारी डा बद्री रिजाललाई दिएका छन् ।

उनले त्यहाँ निर्देशकको रुपमा रहेका डा रुद्र मरासिनीलाई स्वास्थ्य सेवा विभाग अन्तरगत रहने गरी जिम्मेवारी हेरफेर गरेका छन् ।

मन्त्री बस्नेतले स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दाशलाई स्वास्थ्य मन्त्रालय तानेका छन् । यस हिसावले डा मरासिनीलाई इडिसिडीको निर्देशक बनाउने अनुमान गरिएको छ ।

यस्तै थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको निर्देशकमा डा श्री प्रसाद अधिकारीलाई जिम्मेवारी दिइएको समेत स्वास्थ्य मन्त्रीको सचिवालय स्रोतले बताएको छ ।

यसअघि मन्त्रीले आजै औषधि व्यवस्था विभागको महानिर्देशक परीवर्तन गरेका थिए । उनले विभागमा नारायणप्रसाद ढकाललाई महानिर्देशक बनाई त्यहाँ महानिर्देशक रहेका भरत भट्टराईलाई राष्ट्रिय औषधि प्रयोगशालाको प्रमुखमा सरुवा गरेका छन् ।

यस्तै मन्त्री बस्नेतले राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रको निर्देशकमा डा अनुज भट्टचनलाई जिम्मेवारी दिएका छन् । त्यहाँका निर्देशक डा यदुचन्द्र घिमिरेलाई मन्त्रालय तानिएको छ । यस्तै परोपकार अस्पतालका निर्देशक डा पवनजंग रायमाझीलाई पनि मन्त्रालय तानिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *