स्याङ्जाको फेदीखोलामा बृहत दन्त तथा आँखा स्वास्थ्य शिविर सम्पन्न

स्याङ्जा ११ जेठ । जिल्लाको फेदीखोला गाउँपालिकास्थित सिद्धार्थ उच्च माविमा गत ८ र ९ जेठका दिन बृहत आँखा तथा मुख स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । कान्तिपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा दन्त अस्पताल, पोखरा, ताइवान प्रिभेन्ट व्लाइन्डनेश फाउन्डेशन ताइवान, कान्तिपुर डैन्टल कलेज अस्पताल काठमाडौँ र वीएम फाउन्डेशन काठमाडौँको सहकार्यमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा ७ सय बढीले सेवा लिएका थिए ।

शिविरमा ६२८ जना मुख तथा दन्त स्वास्थ्य परीक्षण गरिएको थियो । यस्तै आँखा परीक्षण गराउनेको संख्या ४५० रहेको थियो । शिविरमा आउनेहरुमध्ये अधिकांशले मुख तथा आँखा परीक्षण गराएको समेत आयोजकले जनाएको छ ।

शिविरमा आँखा जाँचको लागि नेत्र सहायक द्वय देविका गौतम र चन्दा पाण्डेको नेतृत्वमा एक टोली  फेदीखोला पुगेको थियो । उनीहरुले २२४ पुरुष र २२६ महिला गरी कुल ४५० जनाको आँखा जाँच गरिदिएका थिए । त्यसक्रममा ३४३ जना (७६ .२ प्रतिशत)मा आँखामा कुनै समस्या देखिएको थिएन । यस्तै ३० जनामा आँखा सुख्खा हुने समस्या, ४० जना जतिमा मायोपिया, हाइपरोपिया जस्ता समस्या भएको पाइएका थियो । त्यस्तै करीव १० जनालाई थप उपचारका लागि आँखा अस्पतालमा रिफर गरिएको थियो ।

४० वर्ष माथिका १२ जनालाई प्रेस्व्योपिया अर्थात उमेर सम्वन्धी रोग जसले नजिकको दृष्टिलाई असर गर्दछ । त्यो समस्या देखिएको थियो ।
सोही अवसरमा स्वास्थ्यकर्मीहरुले सहभागीहरुलाई डायबेटिक रेटिनोप्याथी सम्वन्धी प्रशिक्षण तथा परामर्श दिइएको थियो ।

६२८ जनाको मुख तथा दन्त स्वास्थ्य परीक्षण

यस्तै शिविरमा दन्त स्क्रिनिङ कार्यक्रम समेत राखिएको थियो । सो कार्यक्रमको लागि डा शिवानी वैद्य, डा दिपिका गौतम र डा सृष्टि त्यहाँ पुगेका थिए ।

उक्त शिविरमा ३२७ पुरुष, ३०१ महिला गरी कुल ६२८ जना परीक्षणका लागि आएका थिए । सो क्रममा कुल १७३ जना अर्थात कुल सहभागीको २७.५ प्रतिशतको दाँत निकाल्नु पर्ने अवस्था रहेको पाइएको थियो । यस्तै ३८३ जनाको दाँतको पुर्नस्थापना सम्वन्धी उपचार गर्नु पर्ने थियो । जस्तै दाँतको फिलिङहरु, दाँतको क्षय, भाँचिएको वा सानो क्षतिलाई सम्वोधन गर्न प्रदान गरिएको थियो ।

करीव २१ प्रतिशत अर्थात १३१ जना बिरामीहरुका आरसीटी उपचार गर्नु पर्ने देखिएको थियो । १०७ जना अर्थात १७ प्रतिशतको दाँत तथा गिजाको सफाइ गर्नु पर्ने अवस्था थियो । ५ जना अर्थात कुल सहभागिताको १ प्रतिशत भन्दा कमलाई अर्थोडोन्टिक आवश्यकता पहिचान गरिएको थियो ।

वीएम फाउन्डेशनका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले विभिन्न संस्थासंगको सहकार्यमा स्थानीय तहमा आँखा तथा दन्त उपचार सेवा दिइएको बताए । उनले उपचारसंगै आम जनतालाई रोगका बारेमा परासर्म समेत दिइएको बताए ।उनले स्थानीय पालिकाहरुले स्वास्थ्य शिक्षामा जोड दिनु पर्ने बताएका थिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले स्थानीय जनताको स्वास्थ्य परीक्षण तथा उपचारका लागि आफ्नो गाउँपालिकासम्म आएर सेवा दिएकोमा आफू निकै खुशी भएको भन्दै सहयोगी संस्थाहरु प्रति धन्यावाद दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *