लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्री बने राजु खनाल

160
Shares

काठमाडौँ, ८ वैशाख । लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्री राजु खनाल बनेका छन् । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सोमबार नेपाली कांग्रेसका राजु खनाललाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

खनाल गत ४ मंसिरमा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा दाङ -२ (१) बाट निर्वाचित भएका थिए ।

त्यस्तै, मुख्यमन्त्री चौधरीले रुपन्देहीबाट निर्वाचित जनमतका चन्द्रकेश गुप्तालाई सामाजिक विकास र बाँकेबाट निर्वाचित जसपाका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्थामन्त्रीमा नियुक्त गरेका छन् ।

नवनियुक्त मन्त्रीको साँझ ४ बजे बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गराइने तयारी भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *