पुदिनाको फाइदै फाइदा

 

हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिना स्वास्थ्यका लागि यति धेरै लाभदायक छ भन्ने कुरा सायदै थाह होला । तर आज हामी पुदिनाले स्वास्थ्यमा पुर्याउने फाइदाका बारेमा जानकारी दिन लागिरहेका छौँ ।

के हो पुदिना ?

पुदिना जसलाई मुख र सास स्वच्छ राख्ने बस्तुको रुपमा लिइन्छ । पुदिना करीब दुई दर्जन प्रजातिमा भेटिन्छन भने करीब एक सय प्रकारको रहेको बैज्ञानिक अनुसन्धानबाट थाह भएको छ । र यसलाई सदियौँ देखि औषधिको रुपमा प्रयोग गरिदै आइएको छ ।

के के मा प्रयोग हुन्छ ?

बजारमा पाइने लगभग सबै प्रकारका टुथ पेष्ट, चुइगम, माउथफ्रेसनर्स, चकलेटहरुमा पुदिनालार्य एक प्रमुख बस्तुको रुपमा मिसाइएको हुन्छ । सासको ताजगीका लागि मात्रै होइन अन्य प्रयोजनमा पनि यसको प्रयोगलाई महत्वपूर्ण रुपमा हेरिएको हुन्छ ।

पुदिनाको प्रयोगले हाम्रो स्वास्थ्यमा के के फाइदा हुन्छ ?

हाम्रो गाँउघर खेतवारी वरपर सहज रुपमा पाइने पुदिना स्वास्थ्यका लागि असाध्यै उपयोगी बनस्पति हो । यसको सेवन तथा प्रयोगले विभिन्न स्वास्थ्य समस्याहरुको सहज समाधान हुन सक्छ । जस्तै :

१. पाचन प्रक्रिया :

पुदिना भोक जगाउने बस्तु हो र साथै पाचन प्रक्रियामा पनि ठूलो भुमिका खेल्छ । जब तपाईँलाई पेटको समस्या हुन्छ, पुदिनाको एक कम चिया खाँदा हल्का भएर आउँछ । किनकी पुदिनामा भएको रसायनले हाम्रो मुखमा हुने ग्रन्थीबाट तथा पाचन क्रियामा प्रयोग हुने इन्जाइम निकाल्न मद्धत गर्छ ।

२. बान्ता र टाउको दुखाईको समाधान :

पुदिनाको प्रयोगले बान्ता र टाउको दुखाईको समस्या समाधान गर्न सक्छ । यसको कडा तथा स्वच्छ बास्नाले बान्ता हुने तथा टाउको दुखाईको समस्या समाधान गर्छ । लामो यात्रामा निस्कदा हुने वाकवाकी, केवल पुदिनाको पात, तेल तथा पुदिना मिसाइएका बस्तु सुघ्नाले ठिक हुन्छ । यति मात्रै होइन पुदिनाको तेल, बाम( भिक्स) निधार, नाकमा लगाउनाले टाउको दुखाई ठिक हुन्छ ।

३. स्वासप्रस्वास र खोकी समस्याको समाधान :

पुदिनाको बासनाले नाक, घाँटी,स्वास नली तथा फोक्सोको बाटोलाई खोल्ने तथा स्वासप्रस्वासलाई सहज बनाउन मद्धत गर्छ । पुदिनाले स्वासप्रस्वास प्रक्रियाको बाटोलाई सफा गर्ने हुँनाले यी मार्गको जलनबाट हुने खोकीलाई पनि निको गर्छ । त्यसैले दमका विरामीहरुलाई पुदिनाको सेवन गराउने चलन छ ।

४. स्तनपानमा देखिने समस्याको समाधान :

बच्चालाई स्तनपान गराउने कतिपय महिलाहरुको स्तनको निप्पल चर्कने फुट्ने वा थुनेलो हुने समस्या देखा पर्छ । यसको समाधानको लागि पनि पुदिनाको प्रयोग लाभकारी हुन्छ । अध्ययनले के देखाएको छ भने पुदिनाको तेलको नियमति प्रयोगले निप्पलमा देखिने यस्तो समस्या समाधान हुन्छ ।

५. छाला तथा पिम्पल्स :

पुदिनाको रस छाला सफा गर्नका लागि लाभदायी हुन्छ । यसले छालामा हुने संक्रमण घटाउनुका साथै छालालाई भित्रैबाट सफा गरी विमिरा ( पिम्पल्स) हटाउन मद्धत गर्छ । त्यस्तै लामखुट्टे, मौरी, किराहरुको टोकाइबाट छालामा समस्या भएको बेला पुदिनाको रस लगाउनाले छालालाई सितलता प्रदान गरी सुन्निन समेत कम हुन्छ ।

६. तौल कम गर्न सहयोग पुरयाउछ :

यदि तपाईँ आफ्नो तौल कम गर्ने सोचमा हुनुहुन्छ भने आफ्नो खानामा पुदिना राख्ने गर्नुस । किनकी पुदिनाले पाचन प्रक्रियाका इन्जाइमहरु चाँडो निकाली छिटटो पाचन गराउन मद्धत गर्छ । यसले गर्दा खानामा भएका पौष्टिक तत्व तथा फ्याट संचित हुनुको सट्टा चाँडैनै शक्तिमा परिणत हुन्छ । जसले तपाईँको तौल ठिक राख्न मद्धत गर्छ ।

७. मुख स्वस्थ बनाउछ :

प्राय सबैलाई थाह भएको कुरा हो पुदिनाको एक फाइदा मुखको स्वास्थ्य पनि हो । पुदिनामा भएको किटाणुनासक विशेषताले मुख भित्र हुने किटाणुहरु मारी जिब्रो तथा दाँतका भागहरु समेत सफा बनाउछ । त्यस्तै स्वासलाई समेत सफा र ताजगी राख्न मद्धत गर्छ ।

८. स्मरणशक्ति बढाउछ : 

एक अध्ययनले के देखाएको छ भने पुदिना स्मरणशक्ति, दिमागको सतर्कता, सोच्ने शक्ति, बौदिक कार्यसंग सम्वन्धीत छ । पुदिनामा भएको चुईगम चपाइ राख्ने मानिस अरु मानिसमा तुलनामा धेरै होसियार सतर्क र स्मरण शक्ति बढी भएको पाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *