बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा उत्तम जोशी नियुक्त

184
Shares

काठमाडौँ, ७ जेठ । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रीमा उत्तम जोशी नियुक्त भएका छन् । मुख्यमन्त्री शालिकराम जमरकट्टेलले आइतबार मन्त्रिपरिषद विस्तार गर्दा जोशीलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिएका हुन् ।

नव नियुक्त स्वास्थ्य मन्त्री जोशी नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सांसद हुन् । उनी गत ४ मंसिरको निर्वाचनमा चितवन २ (ख)बाट निर्वाचित सांसद हुन् ।

मुख्यमन्त्री जमरकट्टेलले आइतबार मन्त्रिपरिषद् विस्तार गरि १२ सदस्यीय बनाएका छन् । कांग्रेसबाट ४ र एकीकृत समाजवादीबाट २ मन्त्री नियुक्त गरेपछि मन्त्रिपरिषद १२ सदस्यीय पुगेको हो । त्यहाँ मन्त्रालय संख्या भने ११ मात्र रहेको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *