यी हुन् जन्मनु दुई दिन अघि नै मस्तिष्कको शल्यक्रिया गरिएकी बालिका

एजेन्सी । सात हप्ताका डेनवर कोलम्यानले अहिले थाहा पाइसकेकी छैनन् कि उनी कति बढी चमत्कार भएर यो धर्तीमा आउन सफल भईन् । जब यी बालिका आमाको गर्भमा थिइन् त्यसबेलै उनको मस्तिष्कको जटिल शल्यक्रिया भएको थियो ।

बोस्टन शहर नजिक घर भएकी यी बालिकाले यो एक्सपेरिमेन्टल सर्जरीमा सहभागी भएर इतिहास रचेकी छन् । सर्जरी गरेका बोस्टन चिल्ड्रेन अस्पतालका चिकित्सक टोलीले यो खालको शल्यक्रिया विश्वमै पहिलो पटक भएको दावी गरेका छन् ।

बोस्टन चिल्ड्रेन अस्पतालका विशेषज्ञ डाक्टर ड्यारेन ओरब्याकका अनुसार ती बालिकाको मस्तिष्कमा ब्लड भ्यासल एब्नोर्मलिटी (नशामा ब्लड क्लटिङ हुने समस्या) थियो । मेडिकल साइन्समा यसलाई ब्यान अफ गेलेन मैल्फार्मेसन भनिन्छ । यस अवस्थामा मस्तिष्क देखि मुटुसम्म रगत बग्ने नशा सहि रुपमा विकसित हुँदैन् । जसका कारण मुटुमा दवाव सिर्जना हुन्छ ।

मस्तिष्क भित्र १४ मिमिको पकेटमा जम्मा भइरहेको थियो रगत
डा ओरबैक भन्छन्, डेनबरको मस्तिष्कमा १४ मिमि चौडा बनेको पकेटमा रगत जम्मा हुन थालेको थियो । यस्तो अवस्थामा शिशुको हृदयघात, वा मस्तिष्कघात हुन सक्दथ्यो । आमाको गर्भमा रहेको शिशु लामो समय सम्म जिवित रहन समेत मुस्किल पर्दथ्यो ।

डा ओरब्याकका अनुसार केन्याटा कोलम्यानको गर्भावस्ता भएको ३० सातामा गरिएको नियमित भिडियो एक्सरेमा डेनवरमा यस्तो समस्या छ भन्ने पत्ता लागेको थियो ।

गत १५ मार्चमा गर्भावस्थाको ३४ औँ हप्ता चलेको थियो । सोही दिन क्लिनिकल ट्रायल कै रुपमा तर समस्याको समाधान गर्ने उदेश्यका साथ शल्यक्रिया गर्ने योजना बन्यो । गर्भवती आमालाई स्पाइनल एनेस्थेटिक दिईएको थियो । ताकी उनी पूर्ण बेहोस नहुन् । शल्यक्रियाको बेला उनले पुरै समय हेडफोनमा गीत सुनिरहेकी थिईन् ।

पाठेघरमा विकसित हुँदै गइरहेको भ्रुणलाई घुमाएर सुई पुरयाउन मुस्किल थियो । डा ओरब्याक भन्छन्, दोस्रो चरण थियो भ्रुणलाई घुमाउने ताकी मस्तिष्कलाई अगाडी ल्याएर सहज रुपमा काम गर्न सकियोस्। भ्रूणलाई दुईबाट बचाउने तथा चल्न नदिनका लागि छुट्टै सुई दिइएको थियो ।

अमेरिकाको अस्पतालमा भयो मेडिकल मिराकल

हामी १० जना डाक्टरको टिमले लामो सुई भ्रुण सम्म पुरयाउन भिडियो एक्सरेको सहयोग लिइएको थियो । वेसेल पुर्ण रुपमा विकसित भइसकेकी थिईनन् । यसैले पनि रक्तश्राव बढी थियो । मेडिकल टिमको एक सदस्यका अनुसार सुईको माध्यमबाट चारवटा क्याटेथर पुरयाइएको थियो । जसको माध्यमबाट भरिएको ठाँउमा स साना प्लेटिनम तार राख्न सकियोस् ।

प्रत्येक तार भित्र राख्दै गर्दा विस्तार हुँदै जान्थ्यो । यसले धमनी तथा नशाको जंक्सनालाई छेक्न मद्धत मिलेको थियो । चिकित्सक टोलीका केही सदस्यले बालिकाको मस्तिष्कमा ब्लड फ्लोको निगरानी समेत गरिहेका थिए ।

जव रक्तचाप सामान्य अवस्थामा आयो भन्ने थाहा भयो त्यसपछि तार घुसाउन बन्द गरियो र सावधानीपूर्वक सुई पनि हटाइयो ।

चिकित्सकहरुका अनुसार यो सर्जरीमा जम्मा जम्मी २० मिनेट लागेको थियो । तर पुरा प्रक्रिया सम्पन्न गर्न भने २ घण्टा लागेको बताइएको छ ।
शल्यक्रिया सफल भएको दुई दिन पछि डेनेबर जन्मिएकी हुन् ।

रक्तचाप नर्मल भएपछि धेरै राहत भयो । डाक्टर ओरब्याक भन्छन्, ‘पछि स्क्यानिङको गर्दा पनि प्रमुख ठाँउमा रक्तचाप नर्मल नै देखिएको छ ।’

शिशु जन्मदा १.९ केजी तौल थियो । जन्मजात असक्षमता पनि थिएन । अहिले आमा र बच्चा दुबै जना स्वस्थ छन् । केन्याटा भन्छिन्, ‘जव छोरी रोएको सुन्छु त्यस अवस्थाको बर्णन गर्न म सक्दिन् ।’

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *