क्षयरोगको अवस्था एशिया प्रशान्त क्षेत्रमा कस्तो छ ?

काठमाडौँ, १० चैत ।  विश्व स्वास्थ्य संगठनकले प्रकाशित गरेको ‘ग्लोबल टिबी रिपोर्ट’लाई हेर्ने हो भने सन् २०२१ मा एशिया प्रशान्त क्षेत्रमा मात्रै ६७ लाख बढी क्षयरोगका नयाँ बिरामी फेला परेका थिए । यहि क्षेत्रबाट सोही वर्ष ८ लाख ८३ हजारले क्षयरोगकै कारण ज्यान गुमाएका थिए ।

एशिया प्रशान्त क्षेत्रमा सन् २०२१ मा क्षयरोग निम्त्याउने शीर्ष पाँच प्रमुख जोखिम कारकहरुमा कुपोषण (१२ लाख नयाँ केशहरु), सुर्तीजन्य पदार्थको प्रयोग ( ५ लाख २ हजार नयाँ क्षयरोगका केशहरु) रक्सी ( ४ लाख८६ हजार), मधुमेह(२ लाख३४ हजार र एचआईभी २ लाख ९ हजार थिए ।

द यूनियन एशिया प्रशान्त क्षेत्रका निर्देशक डा तारासिंह बमले संक्रमणको चेन तोड्नुलाई क्षयरोग अन्त्यतर्फको महत्वपूर्ण कदम भएको बताउँछन् । उनले यस क्षेत्रमा सबैका लागि खाद्य सुरक्षा सुनिश्चित गर्दै क्षयरोगबिरुद्धको नविनत उपचारलाई पहुँचयोग्य बनाउन तथा यसका प्रमुख कारक मानिएको सुर्ती तथा मदिराजन्य पदार्थको प्रयोगलाई कडाईका साथ नियन्त्रण गर्नु, मधुमेहको रोकथाम र हेरचाह, एचआईभी र क्षयरोगलाई समन्वयात्मक ढंगले अघि बढाउन आवश्यक रहेको समेत बताए ।

‘क्षयरोग रोकथाम गर्न सकिने रोग हो तर सन् २०२१ मा यस क्षेत्रमा क्षयरोग लागेका ६७ लाख व्यक्तिहरु भेटिए, कम्तीमा हामी सबै मिलेर यसलाई रोकथामका लागि थप केही गर्न सक्थ्यौँ कि,’ उनले भने ।

द युनियन द्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘यदि हामीले सन् २०३० सम्म क्षयरोगको अन्त्य गर्ने हो भने हामीलाई तत्काल बलियो सहयोगात्मक कामहरुको आवश्यकता छ ताकि हामीले क्षयरोग निदान, रोकथाम उपचार र हेरचाह सेवाहरुलाई आवश्यक पर्ने सबैसम्म पुग्न सहयोगी होस् । हामीले क्षयरोगको जोखिमको समेत क मगर्न सक्छौँ तर त्यसका लागि स्वास्थ्य प्रणालीलाई बलिायो बनाउनु पर्दछ र त्यसका लागि सुर्तीजन्य, मदिराजन्य लगायतका पदार्थहरुको प्रयोगलाई निस्तेज गर्नुपर्छ ।’

विश्वको लक्ष्य पुरा गर्नका लागि स्थानीय निकायबाट गरिएका कदमहरु महत्वपूर्ण हुन्छन् ।

एशिया प्रशान्त क्षेत्रका देशहरुमा क्षयरोग, धूमपान, नसर्ने रोग वा खाद्य सुरक्षा जस्ता कार्यक्रमलाई राष्ट्रिय रुपमा बढाइएको भएपनि सक्रिय क्षयरोगीको भने खतरनाक ढंगले बढी रहेको छ । धेरैको मृत्यु समेत भइसकेको छ ।

क्षेत्रीय निर्देशक डा बम भन्छन्, स्थानीय तहमा काम गर्ने अग्रपंक्तिमा खटिएर काम गर्ने कामदार र स्थानीय तहका नेता जो क्षयरोगमा काम गर्दछन्, उनीहरुलाई सुर्तीजन्य पदार्थ, मदिराजन्य पदार्थ,अन्य नसर्ने रोग वा कुपोषणविरुद्ध काम गर्नु पर्ने आवश्यकता छ । उनले अगाडी थपे, यसका लागि बलियो साझेदारी गर्नु पर्ने समेत देखिएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *