आफ्नै अस्पताल बनाउने काठमाडौँ महानगरको घोषणा, स्वास्थ्य सेवाका लागि छुट्यायो ७० करोड बजेट

काठमाडौं, ४ असार । काठमाडौँ महानरपालिकाले आफ्नै अस्पताल बनाउने भएको छ । बिहीबार आगामी आर्थिक वर्ष २०८३/ ०८४ को बजेट प्रस्तुत गर्ने क्रममा कार्यबहाक प्रमुख सुनिता डंगोलले सो घोषणा गरेकी हुन् ।
बहुबर्षीय योजना अन्तर्गत बनाईने महानगर अस्पतालका लागि आगामी बर्षका लागि ४ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिईन् ।
यसैगरी महानगरले टोलटोलमा योगाभ्यास कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ,’ डंगोलले प्रस्तुत गरेको बजेटमा भनिएको छ, ‘ज्येष्ठ नागरिक निमोनिया खोपको लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
यस्तै महानगर पोषण भत्ता कार्यक्रमको लागि १६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
क्यान्सरजस्ता घातक रोगहरुको निदानको लागि विशेष कार्यक्रम सञ्चालन गर्न बजेट व्यवस्था गरिएको छ । एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र स्थापनार्थ २ करोड रकम विनियोजन गरिएको छ ।’
निःशुल्क एम्बुलेन्स सेवा कार्यक्रमलाई निरन्तरता दिइएको, स्वनिगः विश्वविद्यालय स्थापनाको लागि कानुनी तथा आवश्यक व्यवस्थापकीय कार्य प्रारम्भ गर्न ५० लाख रुपैयाँ छुट्याइएको पनि बजेटमा उल्लेख छ ।
कुल २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको अनुमानित बजेट पेश गरेकी कार्यबहाक प्रमुख डंगोलले स्वास्थ्य सेवाका लागि ७० करोड रुपैयाँ बिनियोजन गरिएको बताइन ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 
