पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार

44
Shares

 

कास्की, ४ असार । निजामती कर्मचारी अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवा अब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराबाट पनि उपलब्ध हुने भएको छ ।

निजामती कर्मचारी अस्पतालसँग भएको सम्झौतापछि निजामती कर्मचारी तथा उनीहरूका परिवारले पोखरामा निजामती कर्मचारी अस्पतालले उपलब्ध गराउँदै आएको छुट तथा सहुलियतसहितको स्वास्थ्य सेवा प्राप्त गर्ने प्रतिष्ठानका सूचना अधिकारी सुशीलकुमार अर्यालले जानकारी दिए ।

“स्वास्थ्य उपपचारका सम्बन्धमा निजामती अस्पतालसँग एक साताअघि सम्झौता भएको थियो । त्यसपछि केही व्यवस्थापनको काम बाँकी सकेर अहिले सेवा दिन सुरु गरेका छौँ”, सूचना अधिकारी अर्यालले भने ।

यस व्यवस्थाअनुसार निजामती कर्मचारी र उनीहरूका परिवारले ओपिडी, भर्ना, प्रयोगशाला परीक्षण, शल्यक्रिया तथा अस्पताल उपलध रहेका सबै सेवा निजामती कर्मचारी अस्पतालले निर्धारण गरेअनुसारका सुविधा र सहुलियत प्राप्त गर्नेछन् ।

सहुलियत उपचार कार्ड प्राप्त गरेका लाभग्राहीले उपचार सुविधा लिन सक्ने बताइन्छ ।

सेवा लिनका लागि निजामती कर्मचारी अस्पतालले जारी गरेको उपचार सहुलियत परिचयपत्रको सक्कल प्रति, हाल कार्यरत कार्यालयको परिचयपत्र तथा सेवा निवृत्त कर्मचारीका हकमा पेन्सन पट्टाको प्रतिलिपि पेस गर्नुपर्ने प्रतिष्ठानले जनाएको छ ।

सेवा विस्तारसँगै गण्डकी प्रदेश तथा आसपासका जिल्लाका निजामती कर्मचारी र उनीहरूका परिवारले काठमाडौँ जानुपर्ने बाध्यता कम हुने तथा सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नसक्ने विश्वास गरिएको छ ।

काठमाडौँ उपत्यका बाहिर कार्यरत तथा बसोबास गर्ने निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी र आश्रित परिवारहरूको सहजताका लागि प्रदेशमै सरकारले सिभिल अस्पतालको स्वास्थ्य सेवा पु¥याउने निर्णय गरेर अस्पतालहरुसँग सम्झौता गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *