रास्वपा स्वास्थ्य विभागद्धारा ‘स्वास्थ्य बीमा पुनर्संरचना मार्गचित्र’ स्वास्थ्य मन्त्री मेहता समक्ष पेश

काठमाडौँ, ३० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्वास्थ्य विभागले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष आफूले तयार गरेको स्वास्थ्य बीमा पुनर्संरचनाको मार्गचित्र हस्तान्तरण गरेको छ । विभागले सो मार्ग चित्र गत १३ जेठमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेलाई बुझाई सकेको थियो ।
स्वास्थ्य विभाग प्रमुख डा तोसिमा कार्कीले रास्वपाको बाचा पत्र हुँदै सरकारको नीति तथा कार्यक्रम, सिद्दान्त प्राथमिकता र अन्तत बजेट वक्तव्यमा समेत स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनर्संरचना गर्ने भनि घोषणा गरिएको भन्दै यो मार्गचित्रले ति विषयहरुलाई कार्यान्वयनमा ल्याउन सहयोग गर्ने बताईन ।
‘त्यसैले हामीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीज्यूलाई सोही सिफारिस पत्र बुझायौँ र यसका लागी रास्वपाको स्वास्थ्य विभागको तर्फबाट निरन्तर सहयोगको प्रतिबद्धता व्यक्त गरेका छौँ, उनले भनिन् ।
मार्ग चित्रमा स्वास्थ्य बीमा बोर्डलाई प्रधानमन्त्री कार्यालय मातहत राख्नु पर्ने, स्वास्थ्यका कार्यक्रमहरुलाई एकद्धार प्रणालीमा समेटनु पर्ने लगायतका सुझावहरु दिईएको छ ।
हेर्नुहोस रास्वपा स्वास्थ्य विभागले तयार गरेको स्वास्थ्य बीमा पुनर्संरचनाको मार्गचित्र:
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

