‘नेपालमा १६ प्रतिशत क्यान्सरका बिरामीले उपचारका लागि घर जग्गा बेच्छन्’ – अध्ययन्
'क्यान्सर रोगको पहिचान र उपचारमा औषत झण्डै १० लाख रुपैयाँ खर्च हुन्छ'
काठमाडौँ, ७ चैत । नेपालमा क्यान्सर रोगको उपचार गराउने बिरामीमध्ये १६ प्रतिशतले घर जग्गा बेचेर गर्ने गरेको पाइएको छ । यस्तै सुर्तीजन्य पदार्थको सेवनले हुने क्यान्सर रोगको पहिचान र उपचारमा झण्डै औपत १० लाख रुपैयाँ खर्च हुने गरेको देखिएको छ ।
एक्सन नेपालले सन् २०१९ मा गरेको ‘सुर्तिजन्य पदार्थको सेवनबाट हुने क्यान्सर रोगको निदान उपचार सेवा लिन आउने सेवाग्राहीहरुको आर्थिक भार सम्बन्धी अनुसन्धान’ले यस्तो देखाएको हो । यो अनुसन्धान नेपालमा क्यान्सर रोगको उपचार हुने तीन ठूला अस्पतालहरु वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा भर्ना भएका तथा डिस्चार्ज भएका १०३ जना बिरामीका गरिएको थियो ।
मंगलबार अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्ने क्रममा एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले देशमा क्यान्सर रोगको अवस्था भयावह रुपमा बढ्दै गएको भन्दै राज्यले व्यहोरेको आर्थिक भार निकै कम देखिएको बताए । उनले विश्वमा हुने सबै क्यान्सर मृत्युको २० प्रतिशत फोक्सोको क्यान्सरबाट हुने गरेको र फोक्सोको क्यान्स्रबाट हुने मृत्युको ७० प्रतिशत कारण सुर्तीजन्य पदार्थबाट हुने गरेको भन्दै सुर्ती नियन्त्रणका लागि सरकारले प्रभावकारी कदमहरु चाल्नुपर्ने बताए ।
नेपालमा सूर्तिजन्य पदार्थमा लाग्ने करको दर ३३ प्रतिशत भन्दा तल रहेको छ । उतm करको दर कपडा र प्रशोधित खाद्याान्नमा लाग्ने भन्दा पनि कम हो । जबकी विश्व स्वास्थ्य संगठनले सूर्तिजन्य पदार्थमा लाग्ने करको दर कम्तीमा ७५ प्रतिशत हुनु पर्ने भनि सिफारिस गरेको छ ।
अध्यक्ष चन्दले डव्लुएचओको मापदण्ड अनुसार करको दर बृद्धि गर्न अति आवश्यक रहेको बताए । ‘यसरी सूर्तिजन्य पदार्थमा कर बृद्धि गर्दा सरकारको आम्दानी बढ्ने, सूर्तिजन्य पदार्थ महंगो भई सेवनमा कमि आउने, अतिरिक्त आम्दानीलाई स्वास्थ्य प्रर्बदनका क्षेत्रमा लगानी गर्न तथा अनुदान दिन प्रयोग गर्न मिल्ने भएकोले सूर्तिजन्य पदार्थमा लाग्ने करको दर उल्लेख्य रुपमा बढाउनु पर्ने देखिन्छ,’ चन्दले भने ।
कसरी गरियो अध्ययन् ?
अनुसन्धानमा सहभागी अर्का एक सदस्य भरतविक्रम शाहका अनुसार अनुसन्धानमा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका ४९ जना बिरामी, भक्तपुर क्यान्सर अस्पतालका २८ जना बिरामी र नेपाल क्यान्सर अस्पताल हरिसिद्धिका २६ जना गरी कुल १०३ जना बिरामी सहभागी थिए ।
सुर्तीजन्य पदार्थको सेवनले हुने विभिन्न क्यान्सरको तेस्रो तहमा पुगेका १४ देखि ६९ वर्ष उमेर समूहका बिरामीहरु अध्ययनमा सहभागी थिए । त्यसमा बिरामी वा तिनका आफन्तहरुलाई अन्तरवार्ता लिइ सहभागि गराइएको थियो ।
के आयो त निस्कर्ष ?
अध्ययनले सूर्तिजन्य पदार्थको सेवनले गर्दा हुने क्यान्सर रोगको पहिचान तथा उपचार गर्न लाग्ने औषत कुल लागत ९ लाख ८१ हजार ३ सय ७० रुपैयाँ रहेको देखिएको छ । यसमध्ये ६० प्रतिशत प्रत्यक्ष मेडिकल खर्च रहेको भेटियो भने १३ प्रतिशत प्रत्यक्ष नन मेडिकल लागत रहेको पाईयो । यसैगरि बिरामीका कारण एक वर्षमा २ लाख ७९ हजार ४ सय ८२ (२७ प्रतिशत) ज्याला-आम्दानीमा हानी हुने भेटियो ।
‘क्यान्सर रोगले स्वास्थ्यमा क्षति त पुरयाउँछ नै घर परिवारलाई पनि गरिबीको रेखा मुनि धकेल्छ । क्यान्सरको उपचार निकै महंगो छ । उच्च विकसित मुलुकको तुलनामा नेपाल लगायत न्युन तथा मध्यम आय भएका मुलुकमा यो रोगको भार बढि छ । अत्याधुनिक पुर्वाधार, अति विशिष्टीकृत स्वास्थ्यर्मी र महंगा औषधिको आवश्यकता पर्ने क्यान्सरको उपचार खर्च महंगो छ । नेपाल जस्ता गरिब मुलुकका बिरामीले यस्ता महंगा उपचार धान्न सक्दैनन्,’ अध्यक्ष चन्दले भने ।
अध्ययन्ले सूर्तिजन्य पदार्थको सेवनले गर्दा हुने क्यान्सर रोगका बिरामीको औषत उमेर ५३.५ वर्ष रहेको पाइयो । एक चौथाई सुर्तीजन्य पदार्थको सेवनबाट भएको क्यान्सर बिरामीहरु ५५–५९ उमेर समुह अन्र्तगत रहेको भेटियो ।
अध्ययनले नेपालमा १६ प्रतिशत क्यान्सरका बिरामीले घर जग्गा बेचेर उपचार गर्ने गरेको देखाएको छ ।
यस्तै अध्ययन्ले झण्डै ४६ प्रतिशत बिरामीहरु निरक्षर पाईए भने १.९ प्रतिशत बिरामी उच्च शिक्षा हासिल गरेका पाईए । निरक्षर व्यतिmहरुमा सूर्तिजन्य पदार्थको सेवनले गर्दा हुने क्यान्सर बढि भएको पाइयो । यसैगरी बढि खर्च गर्ने क्षमता भएका बिरामीले कम खर्च गर्ने क्षमता भएका बिरामीको तुलनामा झण्डै ४ गुणा बढि उपचारमा खर्च गर्ने गरेको पाईयो । प्रत्यक्ष मेडिकल खर्च अन्र्तगत सबै भन्दा बढि खर्च केमोथेरापीमा हुने गरेको पाईयो जुन २८ प्रतिशत रहेको छ ।
क्यान्सरको उपचारका लागि आम्दानीको प्रमुख स्रोत के हो ?
यो अध्ययनले नेपालमा क्यान्सर रोगको उपचार गराउनेमध्ये झण्डै ४३ प्रतिशत ( ४२.७ )ले आफ्नो प्रमुख आय कृषि भएको बताएका छन् । यस्तै व्यापार –२२.३ प्रतिशत, दैनिक ज्याला मजदुरी –११.७ प्रतिशत, सरकारी सेवा –८.७ प्रतिशत र बैदेशिक रोजगार –८.७ प्रतिशत भनेका छन् । यसैगरी २७.२ प्रतिशत बिरामीले घरायसी बचतबाट उपचार खर्च ब्यहोर्ने र ६० प्रतिशत बिरामीले आफन्तबाट ऋण लिई खर्च व्यहोर्ने गरेको पाईयो ।