मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा सुरेन्द्र शेरचन नियुक्त

208
Shares

काठमाडौँ, ७ चैत । हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा.सुरेन्द्र शेरचन नियुक्त भएका छन्।

डा. शेरचनलाई सोमबार प्रतिष्ठानका उपकुलपति डा विश्वराज जोशीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल र स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठको उपस्थितिमा शपथ खुवाएका हुन्।

यसअघिका प्रतिष्ठानका रेक्टर डा. सतिस कुमार देवले राजीनामा दिएपछि पद रिक्त थियो। रिक्त पदमा डा शेरचनलाई प्रतिष्ठानको रेक्टरमा नियुक्त गरिएको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *