सावधान ! लगातार हाई आउनु गम्भीर रोगको संकेत पनि हुनसक्छ

सामान्य त हाई आउँदा हामी निन्द्रा नपुगेको वा अल्छि लागेको भनेर बुझ्ने गर्छौँ । तर हाई आउने कारण त्यत्तिमै सिमित रहेनछ । अनुसन्धानकर्ताहरुले कतिपय अवस्थामा हाई आउनुले गम्भीर स्वास्थ्य समस्याको संकेत गर्ने समेत बताएका छन् ।

उनीहरु भन्छन्, ‘हाई आउनुको सम्वन्ध मस्तिस्क, मुटु फोक्सोमा हुने समस्या सहित अन्य विभिन्न रोगको संकेत पनि हुनसक्छ ।’  आखिर के कारणले आउने रहेछ त बढी हाई ? आउनुस् एक पटक थाह पाउने कोसिस गरौँ ।

hai

१. मुटुमा समस्या :  धेरै हाई आउने व्यक्तिलाई मुटुमा समस्या हुन सक्छ । शरीरमा अक्सिजनको कमी हुँदा मुटुले रक्तसञ्चार गराउन धेरै मिहनेत गर्नुपर्छ । त्यस्तो बेलामा छिन छिनमा हाई आउछ । कहिलेकाँही यस्तो अवस्था आईरहँदा हृदयघात समेत हुनसक्छ ।

२. थाइराइडमा समस्या : छिन छिनमा हाई आउनु हाइपोथाइराइडको संकेत पनि हुनसक्छ । शरीरमा थाइराइड हार्मोन कम भयो भने पनि यस्तो असर देखिन सक्छ ।

३. नशामा समस्या : हाम्रो शरीरको नशामा समस्या अर्थात नर्ब सिस्टममा गडबडी भयो भने पनि बारम्बार हाई आउने गर्छ । त्यसैले बारम्बार हाई आउदा होस गरौँ ।

४. निन्द्राको समस्या :  निन्द्रा पुरा भएन भने वा स्लीप एप्निया नामक डिअर्डर भएका व्यक्तिलाई पनि असामान्य रुपमा धेरै हाई आउने समस्या देखिन्छ ।

५. शक्तिमा कमी : शरीरमा शक्ति कम हुँदा थकाई लाग्छ । यस अवस्थामा शरीरमा इनर्जी लेभल बढाउन धेरै अक्सिजन चाहिन्छ । यसैले पनि बढी हाई आउछ ।

hai1

६. औषधिको साईडइफेक्ट : कतिपयलाई औषधिको साइड इफेक्टले पनि बढी हाई आउने गरेको पाइन्छ ।

७. फोक्सोमा समस्या : ब्रेनमा अक्सिजनको मात्रा कम र कार्वनडाईअक्साइडको मात्रा बढी भयो भने त्यसको असर फोक्सोमा पर्न जान्छ । यस्तो अवस्थामा हाई बढी आउछ । जसले गर्दा ब्रेनमा अक्सिजन जाने दर बढ्छ र फोक्सोबाट खराब हावा निक्लन्छ ।

८. तनाव : कतिपय अनुसन्धानको दावी छ कि तनाव बढ्दा मस्तिस्कको तापक्रम बढ्छ । यसले पनि हाई अलि बढी आउछ । यसरी हाई आउदा मस्तिस्कमा धेरै अक्सिजन आउछ र दिमाग ठंडा हुन्छ ।

  • एजेन्सीको सहयोगमा
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “सावधान ! लगातार हाई आउनु गम्भीर रोगको संकेत पनि हुनसक्छ

  1. मलाई छिन छिनमा प्रेसर बड्छ युगर पनि नर्मलभन्दा अलि बडी छ
    म औसधि अत्यधिक सेवन गर्छु मतलव धेरै रोगहकू छन , प्रेसर कोलेस्ट्रो थाईराइड बाथ दाद आंखाको रोग कानको रोग अनि ग्याष्ट्रिक । सुगरको चै घरायसी जडीहुटी खान्छु अरुरोगको डक्टरको सिऱफारिस अनुसार औषधि खाव्छु लगभग एक बर्षजतिभयो औषधि सेवन गरेको। दुईचार महिना चै आयुर्वेदो औषिपवि खाए ऐले छाडेर डक्टरको खीदैछु आज तीनदिन भयो लगातार हाई आएको छ
    औठ मुखपनि सुक्छ यो कुन रोगको लक्षण हो? सुगर मात्रै होकि कि अरुपनि ? कहिलेकांही मुटु दुख्छ म के गरौ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *