चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति तथा पदाधिकारीको नियुक्तिको प्रक्रिया के छ ? योग्यता कति ?

काठमाडौँ, ३ चैत ।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्समा अहिले उपकुलपति, रेक्टर, रजिष्ट्रार, डीन लगायतका पदहरु रिक्त भएको छ । रिक्त भएसंगै ती पदहरुमा कसलाई नियुक्त गरिएला भनेर विभिन्न अड्कलबाजीहरु समेत चल्न थालेका छन् ।

ती पदमा नियुक्ती खान ईच्छुक कतिपय व्यक्तिहरुले ‘पहल’ थालेको समेत सुनिएको छ ।

यसरी पहलमा लागि रहेका बेला उपकुलपति वा अन्य पदाधिकारि हुन के कति योग्यता आवश्यक हुन्छ ? के कस्ता प्रक्रिया हुन्छ ? त्यसबारे पनि थाहा पाउन जरुरी छ ।

त्यसका लागि हामीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन २०६३ र ऐनलाई संसोधन गर्ने ऐन २०७५ पल्टाउन जरुरी छ ।

सो ऐनको दफा १८ मा उपकुलपति सम्वन्धी व्यवस्था छ । सो दफाको उपदफा २ मा ‘उपकुलपतिको पदमा सिफारिस गर्न कुलपतिबाट सहकुलपतिको अध्यक्षतामा अन्य २ जना सदस्य रहेको एक समिति गठन हुनेछ र सो समितिको सिफारिसमा कुलपतिले उपकुलपतिको नियुक्ती गर्ने छ,’ भनिएको छ । यस्तै उपदफा ३ मा ‘उपकुलपतिको पदावधी ४ वर्षको हुने’ जानकारी दिईएको छ ।

यस्तै दफा १९ मा शिक्षाध्यक्ष, रजिष्ट्रार र डीनको नियुक्तीको विषय उल्लेख छ । सो दफाको उपदफा १ मा उपकुलपतिको सिफारिसमा सहकुलपति अर्थात स्वास्थ्य मन्त्रीले शिक्षाध्यक्ष, रजिष्ट्रार र डीनको नियुक्ती गर्ने भन्ने उल्लेख छ । र यी पदमा नियुक्ती हुनेहरुको पदावधी पनि चार वर्षको हुने बताइएको छ ।

यतिवेला स्वास्थ्य मन्त्री नभएको र सो मन्त्रालय समेत प्रधानमन्त्री स्वयंले सम्हालेकोले प्रतिष्ठानको कुलपति र सहकुलपति दुबै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भएको अवस्था छ ।

न्युनतम योग्यता कति ?

चार वर्ष अघि उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सर्च कमिटिले उपकुलपतिका लागि आवेदन दिनका लागि न्युनतम योग्यता तोकेको थियो ।

योग्यता सम्वन्धी तीन बुँदामध्ये पहिलोमा थियो, ‘नेपाल चिकित्सक परिषद्मा दर्ता भई नेपाल सरकारको ११ औँ तहको चिकित्सक वा सो भन्दा माथिल्लो तहमा बहालवाला वा अवकाश प्राप्त चिकित्सक ।’

दोस्रो बुँदामा भनिएको थियो, ‘स्वास्थ्य प्रतिष्ठानको प्राध्यापक वा अवकाश प्राप्त प्राध्यापक ।’

तेस्रो बुँदामा थियो स्वास्थ्य संस्था वा मेडिकल कलेजमा कार्यकारी तहको जिम्मेवारी वहन गरेको वा गरिसकेको व्यक्ति ।

यो संगै स्वासथ्य तथा जनसंख्या मन्त्रालय सम्वद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ती र मनोनयन सम्वन्धी मापदण्ड २०७३ बमोजिम योग्यता प्राप्त व्यक्ति हुनुपर्ने उल्लेख थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *