‘अस्पतालको इमरजेन्सी ह्याण्डिल गर्न कत्तिको गाह्रो हुन्छ ?’

– डा. सर्वेशकुमार दास (बालरोग विशेषज्ञ इशान बाल अस्पताल)

बाल अस्पतालमा इमरजेन्सी वार्ड कसरी व्यवस्थापन गर्नु भएको छ ?

ईशान बाल तथा महिला अस्पतालमा के छ भने इमरजेन्सी बाहेक दिनभर ओपिडी सेवा पनि जारी रहन्छ । विहान ७ देखि बेलुका ७ बजेसम्म ओपिडी चलि नै रहन्छ । त्यहाँ बालरोग विशेषज्ञहरु नै बस्नु हुन्छ । त्यसैले गर्दा विहान दिउसो र बेलुकासम्म आउने सामान्य केशहरु ओपिडीमै बढी जान्छन् । यसले गर्दा रातीको केशहरुलाई हामी व्यवस्थापन गर्नलाई गाह्रो हुँदैन् । हामीले सहज ढंगले इमरजेन्सी केश म्यानेज गरिरहेका हुन्छौँ ।

रातीमा बढी केश आउँदा झन् अफ्टेरो हुँदैन ?
हाम्रो लागि दिउसो राती उस्तै हो । ईशान यस्तो अस्पताल हो जहाँ बच्चाहरुको उपचारका लागि इमरजेन्सीमा चौविस घण्टा विशेषज्ञले सेवा दिईरहेको हुन्छ । हाकीकहाँ दिउसो होस् या राती पेडियाट्रिक रजिष्ट्रार डिउटीमा हुनुहुन्छ । रजिष्ट्रार बन्नलाई एमडी पेडियाट्रिकमै गरेको हुनुपर्छ । रजिष्ट्रार बाहेक अन्य चिकित्सक, प्यारामेडिक्स तथा नर्सेजहरुको टिम पनि हुने नै भयो ।

इमरजेन्सीमा बढी जसो कस्ता केशहरु आउँछन् ?
इमरजेन्सी भनिसकेपछि त आउने केशहरु सबै प्रकारको हुने भयो । केही सिजनेवल हुन्छ, केही विभिन्न घटनामा आधारित, रोगमा आधारित पनि हुन्छ । यो अस्पताल महिलाको पनि भएको हुनाले गाइने अव्स सम्वन्धी केशहरु पनि आउँछ । तर धेरै जसो बच्चाको केश नै आउने गर्दछ ।

बच्चाको केशमा कस्ता समस्या बढी देखिन्छ ?
बच्चाको केशमा उच्च ज्वरोको समस्या भएर धेरै केशहरु आउँछ ।सास फेर्न गाह्रो हुने, लगातार रुघा खोकी लागेर, सिजरको केशहरु बढी आउँछ । यस्तै डाइरिया बोमिटिङ निमोनिया, पेट दुख्ने लगायतका केशहरु बढी आउँछ । चोट पटक लागेर पनि आउँछ । रोट ट्राफिक एक्सिडेन्टका केशहरु पनि आउँछ ।

भर्खरै जन्मेको नवजात शिशु देखि १५ वर्षसम्मका बालबालिकाहरु इमरजेन्सीमा आउछन्, अर्थात बोल्न नसक्ने अवस्था देखि सक्ने अवस्थाका बालबालिकाहरु उपचारका लागि ल्याइन्छ ? इमरजेन्सीमा ह्याण्डल गर्न कुन चाहिलाई बढी गाह्रो ?

हामीले काम नै इमरजेन्सीमा गर्ने, त्यसमा पनि बालरोग विशेषज्ञ, कुनै पनि केश त्यस्तो गाह्रो हुँदैन । जुनबच्चा सानो छ अर्थात ५ वर्ष मुनिका बच्चा छ भने प्राय उनीहरुले भन्दैन तर उनका अभिभावकले बताउनु हुन्छ । त्यसको आधारमा हामीले उपचार गर्दछौँ । त्यो भन्दा माथि उमेर समूहका बच्चाहरुलाई हामीले उनीहरुसंग हिस्ट्री लिएर उपचार गर्दछौँ । बच्चा र अभिभावकको कुरा सुन्ने र हामीले एक्जामिनेसन गरि उपचार गर्छौँ ।

दिनमा कति आउँछन् ?
२४ घण्टामा २५ देखि ३० वटा केश आउने गरेको छ । तर विहान ७ देखि बेलुका सात सम्म ओपिडी नै चल्ने हुनाले अधिकांश इमरजेन्सी केश रातीमा आउने गर्दछ । स्टेवल विरामी ओपिडीमा जान्छ, सिक प्यासेन्ट मात्रै इमरजेन्सीमा जान्छ । तर रातीमा आउने बिरामीहरु सिधै इमरजेन्सीमा गएर उपचार गर्ने हुन्छ ।

केश ह्याण्डिलिङ कसरी गरिन्छ ?
हाम्रो इमरजैन्सीमा २ जना नर्सहरु हुनुहुन्छ । पेडियाट्रिक सर्जरी हुन्छ । बच्चाको वेट, हाइट लिने काम नर्सहरुले गर्नुुहुन्छ । एसपीओ २ लिने काम हुन्छ । त्यसपछि पेडियाट्रिसियनले केशबारे एक्जामिनेसन सुरु गर्नुहुन्छ ।

इमरजेन्सीमा कति बेर राख्नुपर्छ ?
हामीकहाँ बिरामी धेरै आउँछ । इमरजेन्सीमा ८ बेड मात्रै छ । त्यसैले बिरामीहरुलाई सकेसम्म छिटो अर्थात २ – ३ घण्टामै वार्ड तिर सिफ्ट वा उपचार गरी घर फर्काउने व्यवस्था मिलाउने गर्दछौँ । दुई घण्टा भित्र रगत दिसा पिसावको परीक्षण गराई रिपोर्ट लिएर थप कार्य अघि बढाउँछौँ । अर्थात इमरजेन्समी २ घण्टा बढी बस्नु पर्दैैन ।
कहिलेकाँही भर्ना गर्न पनि नपर्ने अवस्था र घर फर्काइहाल्ने अवस्था पनि नहुन सक्छ । यस्तो अवस्थामा ६ घण्टा जति अव्जरभेसनमा राख्न पनि सक्छौँ । जस्तो ज्वरो घटेको छैन, बान्ता रोकिएको छन् भने हामीले केही समय अव्जरभेसनमा राख्न सक्छौँ । सो अवधीमा ठिक भएमा घर पठाउँछौँ । भएन भने भर्ना गर्न पनि सक्छौँ ।

उपचारमा लैजादै गर्दा बच्चालाईखाना खुवाएर लैजाने कि नखुवाईकन ?
यो केश हेरिकन हुन्छ । एकदमै बमेटिङ भएको छ भने त्यसलाई खाना खुवाउँदा थप समस्या पनि हुनसक्छ । कोही बच्चालाई सिजर छ भने खाना खुवाउन हुँदैन । थप बान्ता गर्न सक्छ । त्यस्तो केशमा खाली पेट भएको राम्रो । निमोनियाको केशमा सास फेर्न गाह्रो भएको छ भने पनि खाना नखाएको राम्रो । किनभने सर्काउन सक्छ ।
तर बमिटिङ गरेको छैन भने खाना थोरै खुवाएर ल्याउन पनि सकिन्छ । झाडा पखला लागेको छ भने घरबाटै जीवनजल बनाएर खुवाउँदै ल्याए राम्रो हुन्छ । ग्लुकोडाइट सब डाइटहरु दिनु राख्नुपर्छ ।

 

(#डा दास ईशान बाल तथा महिला अस्पतालको इमरेन्जी, एनआईसीयू, एसआईसीयू र पेडियाट्रिक वार्ड हेर्ने गर्दछन् ।)

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *