‘सन् २०३५ सम्ममा नै विश्वको आधा बढी जनसंख्यामा मोटोपनाको समस्या देखिन सक्छ’

एजेन्सी । वर्ल्ड ओबेसिटी फेडरेशनले यदि तत्काल कुनै कदम नचाल्ने हो भने सन् २०३५ सम्ममा विश्वको आधाभन्दा बढी जनसंख्यामा मोटोपनाको समस्या देखिने चेतावनी दिएको छ ।

फेडरेशनले सार्वजनिक गरेको प्रतिवेदन अनुसार चार अर्व भन्दा बढी व्यक्तिमा अधिक मोटोपनाको समस्या हुनेछ । बालबालिकाहरुमा मोटोपनाको दर अझ तिब्र गतिमा बढ्नेछ ।

प्रतिवेदनमा अफ्रिका र एशिया क्षेत्रका निम्न तथा मध्यम आय भएका देशहरुमा यस्तो समस्या अझ बढी देखिने अपेक्षा गरिएको छ ।

यस्तै प्रतिवेदनले मोटोपनाले गराउने खर्च बार्षिक करीव ४ ट्रिलियन डलर (३.३ ट्रिलियन भन्दा बढी) हुने अनुमान गरिएको छ ।

फेडरेशनका अध्यक्ष प्राध्यापक लुइस ब्राउरले प्रतिवेदनका नतिजाले देशहरुलाई अहिले नै कदम चाल्ने कि भविस्यको जोखिम रोज्ने भनेर चेतावनीको संकेत गरेको बताए ।

प्रतिवेदनले विशेषगरी बालबालिका र किशोरकिशोरीहरुमा देखिएको बढ्दो दरलाई जोड दिएको छ । जसमा केटा केटी दुबैमा सन् २०२० को तुलनामा मोटोपनाको समस्या दोब्बरले बढने अपेक्षा गरिएको छ ।

प्राध्यापक बौरले मोटोपना बढ्दै जानुलाई चिन्ताजनक अवस्था भन्दै विश्वभरका सरकार र नीति निर्माताहरुले यसको कारक खोजी गर्दै तत्काल कदम चाल्नु पर्ने बताए ।

विश्वभरी मोटोपनाको दरमा भएको बृद्धिले विश्वव्यापी अर्थतन्त्रमा महत्वपूर्ण प्रभाव पार्ने विश्लेषकहरु बताउँछन् । यसले कुल ग्रार्हस्थ्य उत्पादनको ३ प्रतिशत बराबर हुने अनुमान गरेका छन् ।

फेडरेसनले मोटोपना सम्वन्धी नयाँ प्रतिवेदन आगामी सोमबार संयुक्त राष्ट्रसंघमा बुझाउने बताएको छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *