भारतबाट ल्याइएको १० लाख बढीको औषधि बरामद

धनगढी, १६ फागुन । कञ्चनपुरमा भारतबाट अवैध रुपमा ल्याइएको १० लाख रुपैयाँ भन्दा बढीको औषधि बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकको टोलीले भीमदत्त नगरपालिका-३ भासी पुल नजिककै लुकाएको अवस्थामा १० लाख २१ हजार चार सय रुपैयाँ बराबरको औषधी बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक  प्रकाश डांगीले लुकाई छिपाई राखेको अवस्थामा SEGOPLEX नामक औषधि ८१० पत्ता, BONEVITएक हजार पत्ता र NEUROMAX एक हजार ८० पत्ता बरामद गरिएको जानकारी दिए ।

बरामद गरिएका औषधी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको डांगीले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *