खोप अन्तर्गतकै दुई शब्द ‘इमुनाइजेसन’ र ‘भ्याक्सिनेशन’मा के फरक छ ?

खोप भनेको के हो ?

खोप अर्थात ‘भ्याक्सिन’ भनेको त्यस्तो तत्व हो जो चाहि हाम्रो शरीरमा गएपछि इम्युनिटी विकास गरेर जुन सुकै रोगविरुद्ध लड्नका लागि मद्धत गर्दछ । अर्को शब्दमा भन्दा खोपले भविष्यमा हुने संक्रमण विरुद्ध लड्न प्रतिरक्षा प्रणाली तयार गर्छ।

जब कसैलाई खोप लगाईन्छ, शरीरको प्रतिरक्षा प्रणालीले खोपलाई एन्टीजेनको रुपमा लिन्छ जसले गर्दा प्रतिरक्षा कोष सकृय हुन्छ र रोगसंग लड्छ र त्यसको विरुद्धमा एन्टीबडीहरु बनाउँछ ।

मुख्यतया खोप तीन प्रकारका हुन्छन् ।

१. Live attenuated vaccine : यो खालको खोपमा कमजोर अवस्थाको जिवाणु प्रयोग गरिएको हुन्छ ।

२.  Subunit, recombinant, polysaccharide, and conjugate vaccines : यो खोपमा जिवाणुको कुनै टुक्रा जस्तै प्रोटिन, सुगर प्रयोग गरेर बनाइएको हुन्छ ।

३. Inactivated vaccine : कुनै पनि जिवाणुलाई मारेर त्यसको रोग विकास गर्ने क्षमता नष्ट गरेर बनाइन्छ ।

नेपालमा सरकारले खोप अभियान सुरु गर्दै आएको छ । सरकारी अभियानलाई निजी क्षेत्र सहयोग गर्दै आएको छ भने सरकारी अभियानमा नभएका कतिपय खोपहरु निजी क्षेत्रले उपलव्ध गराउँदै आएको छ ।

‘भ्याक्सिनेशन’ र ‘इमुनाइजेसन’ :

खोपका कुरा गर्दा त्यससंग जोडिएर आउने दुईवटा शव्द छन् । एउटा ‘भ्याक्सिनेशन’ अर्को ‘इमुनाइजेसन’ ।

‘भ्याक्सिनेसन’ भनेको जो चाहि ‘भ्याक्सिन सप्सटेन्स’ छ त्यो हाम्रो शरीरमा ‘इन्जेक्ट’ गराएपछि कुनै पनि रोगसंग लड्न सक्ने क्षमता प्रदान गर्ने अवस्था हो ।

‘इम्युनाइजेसन’ भनेको शरीरमा ‘रेसिस्ट्यान्स’ विकास गर्ने खोप हो । रोगले आक्रमण गर्नु भन्दा अघि त्यो रोगसंग लड्न सक्ने क्षमता विकास गर्नु हो ।

जस्तै,  ‘इमुनाइजेसन’ भनेर हामीले जो शिशुहरुलाई खोप लगाइन्छ ।त्यो भविस्यमा लाग्न सक्ने रोगबाट जोगाउनका लागि त्यसलाई इमुनाइजेसन भनिन्छ । वीसीजी डिपिटी लगायतका सरकारले यसलाई जन्मेको एक वर्ष भित्र लगाउने थुप्रै खोपहरु दिने गरेको छ ।

भ्याक्सिनेशन भनेको जो हाम्रो कुकुरले टोकेको अवस्थामा हामीले रेविजविरुद्धको सुई, यो भ्याक्सिनेशन भयो । जव कुकुरले टोक्यो त्यसको असरलाई फैलन नदिनका लागि लगाइने सुरक्षात्मक उपायलाई भ्याक्सिनेशन भनिन्छ ।

इमुनाइजेसन महत्वपूर्ण कि भ्याक्सिनेशन ?

माथि नै उल्लेख गरिएको छ यी दुबै खोपसम्म अर्थ राख्ने शव्द हुन् । दुबैले रोगका विरुद्ध गर्ने कामको पनि उल्लेख गरिएको छ । त्यसैले यी दुवै अत्यन्त महत्वपूर्ण हुन् ।

यहाँ निर फेरी उल्लेख गर्न चाहन्छु बच्चालाई जन्मेदेखि एक वर्ष नपुग्दा सम्म समय तोकेर जसरी खोप दिईन्छ । त्यो इमुनाइजेशन भयो । यसले शरीरमा रोगसंग लड्ने शक्ति इम्युनिटी तयार पार्दछ । रोग प्रतिरोधि क्षमता बढाउँछ ।

भ्याक्सिनेशनको पनि उत्तिकै महत्व छ । जस्तो कि कुकुरले टोकिदियो ? अव गर्ने ? हामीले तत्कालै रेबिजविरुद्धको सुई दिन्छौँ । यो चाहि भ्याक्सिनेशन भयो ।

कोभिड- १९ को विश्वव्यापी महामारीविरुद्ध खोप बन्यो र हामी सबैले त्यसबाट जोगिनका लागि खोप लगायौँ । यो पनि भ्याक्सिनेशन भयो । । भ्याक्सिनेशनले इन्फेक्सन कन्ट्रोलका लागि पनि निकै नै महत्वपूर्ण काम गर्दछ ।

साधारणभाषामा बुझ्नु पर्दा कुनै रोग हुन नदिन गरिने क्रियाकलापलाई ‘भ्याक्सिनेशन’ हो भने शरीरमै प्रतिरोधि क्षमता बढाउनका लागि पहिल्यै दिईने खोप ‘इमुनाइजेसन’ भयो ।

खाने औषधि र सुईबाट दिने औषधिको प्रभावमा फरक हुन्छ ?

खाने औषधि र सुईबाट दिने औषधिको प्रभावकारितामा खासै फरक त पर्दैन तर ढिलो र चाडो भने हुन्छ । खाने औषधिको अलि बढी समय लाग्छ भने सुईबाट दिने औषधि छिटो लाग्छ । जस्तो,  हामीले सिटामोल खाँदा यसले ३० देखि ४० मिनेटमा त्यसको असर देखिन्छ वा ज्वरो आएको छ भने नियन्त्रण गर्छ भन्ने छ । सुईबाट दिएको औषधि यसको तुलनामा छिटो काम गर्दछ ।

सिटामोलकै कुरा गरौं न, इन्ट्राभेनस (आइभी) बाट दिएको सिटामोलले १० मिनेटमै काम गर्छ ।

नेपालमा खोपको अवस्था र ईशान अस्पतालको सुविधा

नेपालमा अहिले सरकारी तवरबाट पनि धेरै खोपहरु निशुल्क उपलव्ध छन् । सरकारले उपलव्ध नगराएको खोपहरु निजी क्षेत्रबाट स:शुल्क लिन पाउने सुविधा पनि विद्यमान छ ।

सरकारले जन्मने वित्तिकै शिशुलाई दिईने क्षयरोगविरुद्धको बीसीजी खोप देखि एक वर्षसम्म लगाउने थुप्रै खोपहरु सरकारले निशुल्क उपलव्ध गराएको छ ।

जस्तो कि छ हप्तामा रोटा भाइरसको विरुद्धको खोपको पहिलो मात्रा, पोलियो खोप (थोपा), एफआईपीभी, पीसीभी, डिपिटी हेप बी हिप (पहिलो मात्रा) दिइन्छ ।

यस्तै जापानीज इन्सेफलाइटिस १२ महिना पुग्दा दिईन्छ । १५ महिना पुग्दा दादुरा रुवेला विरुद्धको दोस्रो मात्रा लगायतका थुप्रै खोपहरु हुन्छन् । अहिले कोभिडविरुद्धको खोप पनि दिइएको छ ।

म कार्यरत  ईशान हस्पिटलमा सरकारले बालबालिकाहरुका लागि उपलव्ध गराएको खोपहरु निशुल्क रुपमा लिन सकिन्छ । यसबाहेक सरकारी सुविधामा नभएका खोपहरु सशुल्क रुपमा लिन सकिन्छ ।

सिजनल फ्लु, चिकेनपक्सविरुद्धको खोप, पाठेघरको क्यान्सर विरुद्धका खोप ईशान अस्पतालमा सशुल्क रुपमा उपलव्ध छ ।

शहरी क्षेत्र र ग्रामिण क्षेत्रमा खोपको पहुँच कस्तो छ ?

शहरी क्षेत्रमा निजी क्षेत्रको सहयोगले आवश्यकता अनुसार खोप लिन पाइन्छ । ग्रामीण क्षेत्रमा सरकारी अभियानले गर्दा सहयोग पुगेको छ । तर कहिले कहिलेकाँही खोपका ढुवानीका समस्या, स्वास्थ्यकर्मी नहुने समस्याले गर्दा ग्रामीण क्षेत्रका बालबालिकाले समयमै खोप नपाएको हो कि भन्ने पनि सुनिने गरेको छ । कतिपय जनचेतनाको अभावको कारणले पनि यो समस्या आएको हुनसक्छ ।

खोप लगाउँदा कसै कसैलाई सामान्य असर पनि देखिन सक्छ

कुनै कुनै खोपले कोही कोही बेला कसै कसैलाई असर देखाउन पनि सक्छ ।  डीपीटी कम्पोनेन्ट भएकोहरुमा अलि अलि असर देखिन्छ । कहिलेकाँही कसै कसैलाई यो खोप लगाईसकेपछि उच्च ज्वरो आउने, बच्चाहरु धेरै र सिजर हुने जस्ता असर पनि देखिनसक्छ ।

यस्तै खोप लगाएको भागमा इन्फेक्सन हुने, चिलाउने, डावर निस्कने आदि हुनसक्छ ।

त्यसैले खोप लिनु अघि बालबालिकाहरुको स्वास्थ्य अवस्थाका बारेमा सोध्ने गरिन्छ, खोप दिन मिल्ने अवस्था हो कि होइन भनेर ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *