ग्यास विस्फोटमा परेकी सांसद चन्द्र भण्डारीको आमाको निधन

180
Shares

काठमाडौँ, ४ फागुन । सांसद चन्द्र भण्डारीको आमाको निधन भएको छ । सांसद भण्डारीसंगै गएराती भएको ग्यास विस्फोटमा परेकी उनकी आमा ८६ वर्षीया हरिकला भण्डारीको आज विहान १० : ५७ बजे निधन भएको हो ।

ग्यास बिस्फोटबाट गम्भीर घाइते भएका आमा छोरालाई हिजो राती नै कीर्तिपुर अस्पताल लगिएको थियो ।

अस्पतालकी निर्देशक डा निजिमा ताम्राकारले हरिकलाको निधन भएको पुष्टि गरिन । हरिकलाको ७० प्रतिशत बढी भाग जलेको थियो ।

सांसद भण्डारीको उपचार जारी छ। उनलाई थप उपचारका लागि मुम्बई लैजाने तयारी गरिएको छ। उनलाई थप उपचारका लागि बाहिर लैजान अस्पतालले समेत सिफारिस गरेको छ ।

अस्पतालका जलन विभाग प्रमुख डा किरण नकर्मीले सांसद भण्डारीको २५ देखि ३० प्रतिशत भाग जलेको बताए । तातो हावा र धुवा फोक्सोमा परेका कारण अवस्था गम्भीर भएको अस्पतालको भनाई छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *