काठमाडौँ उपत्यकाका तीन ठाउँमा भेटियो बर्डफ्लू

160
Shares

काठमाडौँ, २३ माघ । काठमाडौँ उपत्यकाका तीन ठाउँमा बर्डफ्लू देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार ललितपुरको खुमलटार, काठमाडौँको नार्गाजुन नगरपालिका रामकोट र तारकेश्वर नगरपालिकामा पालिएको कुखुरामा बर्डफ्लू संकमण पुष्टि भएको हो ।

गत शुक्रबार खुमलटारस्थित कृषिअनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्ममा पहिलो संक्रमण पुष्टि भएको थियो ।

यस्तै, नार्गाजुन नगरपालिका ६ रामकोटको फार्ममा पनि बर्डफ्लू संकमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यहाँ फर्ममा रहेका ४ हजार ५ सय कुखुरा र २ हजार २५५ वटा अण्डा नष्ट गरिएको पनि मन्त्रालयले जनाएको छ ।

तारकेश्वरमा बर्डफ्लू पुष्टि भएको ठाउँमा अहिले पन्छी नष्ट गर्ने काम रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *